कोरोना विरुद्धको लडाइँमा विश्वका शीर्ष ५ महिलाभित्र नेपालकी डा. रुणा झा पनि

Law Hub Nepal वैशाख २०, २०७७

काठमाडौं । कोरोना भाइरस (कोभिड १९) को संक्रमण विरुद्ध विश्वभरका स्वास्थ्यकर्मी अग्रपंक्तिमा लडाइँ लडिरहेका बेला संयुक्त राष्ट्रसंघको यूएन वुमनले विश्वका ५ शीर्ष महिलाको सूचीमा नेपाली डा. रुणा झालाई समेत छनोट गरेको छ ।

नेपालमा कोरोनाको परीक्षणको आधिकारिक मानिने राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुकी निर्देशक डा. झा छनोटमा परेकी हुन् ।

डा. झाको अगुवाइमा ७० जना स्वास्थ्यकर्मी कोरोना परीक्षणमा खटिएका छन् । प्रयोगशालाको नेतृत्व गरिरहेका कारण छनोटमा परेको डा. झाले बताइन् ।

प्रादेशिक प्रयोगशाला जनकपुरमा पोर्टेबल पीसीआर मशिन जडान गर्न जनकपुरधाम आएकी झाले विश्वका महिलाको सूचीमा छनोट हुनु व्यक्तिगत मात्रै नभएर सिंगो देश तथा प्रयोगशालाका सम्पूर्ण टीमको नै उपलब्धि भएको बताइन् ।

तपाईंको प्रतिक्रिया व्यक्त गर्नुहोस् ।

विचार