सचिवालय बैठक : ओलीले गरे आत्मालोचना, बामदेवलाई प्रतिनिधिसभाको उम्मेदवार बनाइने

Law Hub Nepal वैशाख २०, २०७७

काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेकपा सचिवालय बैठकले पार्टीको स्थायी कमिटी बैठक बैशाख २५ गते बोलाउने निर्णय गरेको छ ।

त्यसको तयारीका लागि २४ गते सचिवालय बैठक बस्ने प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए ।

बैठकले बामदेव गौतमलाई उपयुक्त समयमा प्रतिनिधिसभाको उमेद्वार बनाउन पहल गर्ने निर्णय गरेको छ ।

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार सञ्चालनमा भएका कमीकमजोरीलाई लिएर आत्मालोचना गरेको पनि प्रवक्ता श्रेष्ठले बताए ।

बैठकमा नेताहरूले आ-आफ्नो तर्फबाट आत्मालोचना गरेका थिए ।

यस्तै अघिल्लो बैठकमा प्रधानमन्त्रीले पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाललाई तेस्रो अध्यक्ष बनाउने गरी गरेको प्रस्ताव भने यसै तुहिएको छ ।

आजको बैठकले यससम्बन्धी कुनै निर्णय नगरेको प्रवक्ता श्रेष्ठले बताए । नेता नेपाल स्वयंले यसमा अनिच्छा प्रकट गरेका थिए ।

तपाईंको प्रतिक्रिया व्यक्त गर्नुहोस् ।

विचार