नेपालगन्जका १० संक्रमित एउटै टोलका, ७ वर्षीय बालकदेखि ८५ वर्षीय वृद्धसम्म

Law Hub Nepal वैशाख २१, २०७७

काठमाडौं । नेपालगन्जमा १० जना संक्रमित एउटै टोलका रहेको खुलेको छ ।

यसअघि बुधबार भेटिएका ६० वर्षीय संक्रमितकै टोलका थप ९ जनालाई आज संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

वडानम्बर ८ मा पर्ने दुलवानपूर्वा टोलमा रहेको मस्जिदमा यसअघि एकजनालाई भेटिएको थियो । उनैको सम्पर्कमा आएका मस्जिदका वरिपरिका मान्छेलाई अहिले संक्रमण देखिएको बताइएको छ ।

उनीहरु फरक फरक परिवारका सदस्य रहेका र उनीहरुलाई अस्पताल लैजाने तयारी भइरहेको छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाकाले नेपालगन्जको प्रयोगशालामा पाँच पुरुष र ४ जना महिलामा कोरोना संक्रमण पुष्टि भएको बताएका हुन् । उनीहरु ७ देखि ८५ वर्ष उमेरबीचका रहेका छन्।

 

तपाईंको प्रतिक्रिया व्यक्त गर्नुहोस् ।

विचार