अधिवक्ता तहको अनलाइन कक्षा जारी, नेपाल बारका निवर्तमान महासचिव खम्मबहादुर खातीले कक्षा लिने

Law Hub Nepal वैशाख २२, २०७७

काठमाडौं । नेपाल बार काउन्सिलले लिने २८ औं अधिवक्ता तहको लाइसेन्स परीक्षाको तयारीस्वरूप नेविसंघ नेपाल ल क्याम्पस समितिले अनलाइन कक्षा जारी राखेको छ ।

यसअघि चारवटा कक्षा सम्पन्न भइसकेका छन् भने पाँचौ कक्षा भोलि बैशाख २३ गते  मंगलबार दिउँसो साढे १२ बजे ‘Nepal Law Campus NSU’ पेज मार्फत प्रत्यक्ष प्रसारण हुनेछ ।

पाँचौ कक्षामा देवानी कानुनको पढाइ हुने नेविसंघले जानकारी दिएको छ ।

नेपाल बार एसोसिएसनका निवर्तमान महासचिव खम्मबहादुर खातीले कक्षा लिने छन् । खाती चर्चित कानुन व्यवसायी हुन् ।

कोभिड १९ नामक महामारीका कारण भएको लकडाउनले विद्यार्थीहरुको नियमित पठनपाठनमा परेको प्रतिकुुुल असरलाई मध्यनजर गर्दै अनलाइन कक्षा जारी राखेको ने.वि.सघं नेपाल ल क्याम्पसका अध्यक्ष सुरज सेजुवालले बताए ।

अनलाइन कक्षाबाट अधिवक्ता लाइसेन्सको तयारीमा रहेका विद्यार्थीले लाभ लिइरहेको ने.वि.संघ. नेपाल ल क्याम्पसका नेता गंगादत्त जोशीले बताए ।

लाइभ कक्षा निम्न लिंकमा गएर लिन सकिने जनाइएको छ ।
https://www.facebook.com/NSUNLC/

विस्तृत जानकारी :

तपाईंको प्रतिक्रिया व्यक्त गर्नुहोस् ।

विचार