नेकपामा फेरि विवाद बढेपछि सहमतिका लागि ओली, प्रचण्ड र नेपाल बिहानै बालुवाटारमा

Law Hub Nepal वैशाख २३, २०७७

काठमाडौं । प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओली, अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधव नेपाल छलफलमा जुटेका छन् ।

आज (मंगलबार बिहान) बालुवाटारस्थित प्रधानमन्त्रीकाे सरकारी निवासमा उनीहरू भेला भएका हुन् ।

केही दिनयता जारी पार्टीभित्रका विवाद समाधानका लागि नेता त्रय बिहानै छलफलमा जुटेको बताइएको छ ।

सोमबार दिउँसो ओली र प्रचण्डबीच सहमति नभएको देखिन्छ। शनिबार बसेको सचिवालय बैठकले गरेका निर्णय कार्यान्वयन गराउन ओलीले आनाकानी गरेको संकेत गर्दै प्रवक्ता नारायणकाजी श्रेष्ठले ट्विट गरेका थिए।

सोही कारण ओली, प्रचण्ड र नेपालबीच छलफल भइरहेको नेकपा स्राेतले जानकारी दिएकाे छ।

तपाईंको प्रतिक्रिया व्यक्त गर्नुहोस् ।

विचार