संघीय संसदका नवनियुक्त महासचिव गौतमले लिए सपथ

Law Hub Nepal वैशाख २३, २०७७

काठमाडौं । संसद सचिवालयका नवनियुक्त महासचिव भरतराज गौतमले पद तथा गोपनियताको सपथ लिएका छन् ।

सोमबार संसदको महासचिवमा नियुक्त भएका गौतमले मंगलबार सभामुख अग्निप्रसाद सापकोटाबाट पद तथा गोपनीयताको सपथ लिए ।

सपथ ग्रहणपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै महासचिव गौतमले संविधान र कर्मचारी नियमावलीमा भएको व्यवस्थाअनुसार आफ्नो कर्तव्य वफादार भएर निर्वाह गर्ने प्रतिवद्धता जनाए ।

प्रतिनिधिसभा र राष्ट्रियसभाको एउटै सचिवालय भएकाले दुबै सदनलाई समन्वय गरेर अगाडि बढाउने महासचिव गौतमले बताए ।

सपथ ग्रहण कार्यक्रममा राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना लगायतका विभिन्न पार्टीका संसदीय दलका नेता, सचेतक र समिति सभापतिहरुको सहभागिता रहेको थियो । सथपग्रहण पछि गौतमले मंगलबार नै पदभार समेत ग्रहण गरेका छन् ।

गौतमलाई राष्ट्रियसभा अध्यक्ष तिमिल्सिना र प्रतिनिधिसभाका सभामुख सापकोटाको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले महासचिवमा नियुक्त गरेकी हुन् ।

(ल हब नेपालमा प्रकाशित सामग्रीहरू पढ्न यहाँ क्लिक गरी हाम्रो पेेज लाइक गर्नुहोस् ।)

तपाईंको प्रतिक्रिया व्यक्त गर्नुहोस् ।

विचार