नेकपा सचिवालय बैठक अनिश्चित, संसदीय दलमा बहुमत पुर्‍याउने कसरतमा ओली

Law Hub Nepal वैशाख १६, २०७७

काठमाडौं । मंगलबार बस्ने भनिएको नेकपा सचिवालय बैठकको अझै समय तय हुन सकेको छैन।

यसअघि हिजो नेकपा वरिष्ठ नेता माधव नेपाल निकटका नेताहरूसँग भएको भेटमा प्रधानमन्त्री निकट नेताहरूले आज सचिवालय बैठक बस्ने जानकारी दिएका थिए।

बैठक बस्नेबारे कुनै तयारी नभएको प्रधानमन्त्री निकट स्रोतले  बताएको छ ।

स्रोतका अनुसार प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी ओली संसदीय दलमा आफ्नो पक्षमा सांसदहरूको संख्या बढाउने तयारीमा लागेका छन्।

उनले सांसद समेत रहेका पूर्वमाओवादी पक्षधर र वरिष्ठ नेता माधव नेपाल निकटका केही नेताहरूलाई आफ्नो पक्षमा ल्याउने प्रयास गरेका छन्।

प्रधानमन्त्रीले आफू अनुकूल नहुँदासम्म सचिवालय बैठक नबोलाउने सोच बनाएको स्रोतको दाबी छ।

तपाईंको प्रतिक्रिया व्यक्त गर्नुहोस् ।

विचार