गभर्नर अधिकारीको सम्पत्ति : १० ठाउँमा जग्गा, करोडको सेयर, २७ तोला सुन

Law Hub Nepal वैशाख २३, २०७७

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले सम्पत्ति विवरण सार्वजनिक गरेका छन् ।

एक महिनाअघि चैत २४ गते गभर्नरमा नियुक्त भएका उनले राष्ट्र बैंकको वेवसाइटमार्फत आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका हुन् ।

सार्वजनिक विवरण अनुसार गभर्नर अधिकारीको १० ठाउँमा जग्गा रहेको छ । कतै आफ्नो तथा कतै श्रीमती सरिता अधिकारीको नाममा जग्गा किनेर राखेको उनको सम्पत्ति विवरणमा उल्लेख गरेका छन् ।

गभर्नर अधिकारीको झापामा ४ ठाउँमा जग्गा रहेको छ भने ललितपुरको ५ ठाउँमा र मकवानपुरको एक ठाउँमा जग्गा रहेको छ । उनको ललितपुरको सैँबुमा २२०० वर्गफिटमा बनेको घरसमेत रहेको छ ।

अधिकारीले चल सम्पत्तिको रुपमा सुन २७ तोला, चाँदी ५० तोला र नगद १८ हजार रुपैयाँ रहेको बताएका छन् ।

बैंक तथा वित्तीय संस्थाको खातामा भने १६ लाख रुपैयाँ भन्दा बढी रकम रहेको उनले उल्लेख गरेका छन् ।

साथै उनले विभिन्न कम्पनीहरुको एक करोड ७ लाख रुपैयाँमा किनेको सेयर रहेको समेत आफ्नो सम्पत्ति विवरणमा उल्लेख गरेका छन् ।

(ल हब नेपालमा प्रकाशित सामग्रीहरू पढ्न यहाँ क्लिक गरी हाम्रो पेेज लाइक गर्नुहोस् ।)

तपाईंको प्रतिक्रिया व्यक्त गर्नुहोस् ।

विचार