लकडाउन कायम राख्न सिफारिस, कति लम्ब्याउने भन्ने बारे सरकारले भोलि निर्णय गर्ने

Law Hub Nepal वैशाख २३, २०७७

काठमाडौं । कोरोना भाइरसको नियन्त्रण तथा रोकथामका लागि गठित उच्चस्तरीय समितिले लकडाउन कायम राख्न सरकारलाई सिफारिस गरेको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार साँझ सम्पन्न समितिको बैठकले लकडाउन कति दिन लम्ब्याउन्ने भन्नेबारे मन्त्रिपरिषद्लाई निर्णय गर्ने जिम्मा दिएको छ।

समितिका सचिव नारायणप्रसाद बिँडारीले सरकारले अहिले जे गरिरहेको छ, त्यसैलाई निरन्तरता दिइने निर्णय भएको बताए। यसबारे थप निर्णय भोलि अपरान्ह बस्ने मन्त्रिपरिषद् बैठकले गर्ने उनले जानकारी दिए ।

कोरोना भाइरसको नियन्त्रण तथा रोकथामका लागि चैत ११ गतेदेखि सुरु भएको देशब्यापी लकडाउनको पछिल्लो म्याद बैशाख २५ गते सकिँदै छ।

सचिव बिँडारीले कोरोना भाइरसको नियन्त्रण तथा रोकथामका लागि सरकारले अहिले गरिरहेका कामहरु ठिक भएको निष्कर्ष  निकालेको बताए।

बैठकमा प्रधानमन्त्रीसमेत सहभागी थिए। भाइरस संक्रमित देशका विभिन्न स्थानमा देखिरहेका बेला र लकडाउन लम्बिरहेका बेला यसलाई कसरी खुकुलो बनाउँदै लैजाने भन्नेमा सरकार अन्योलमा छ।

(ल हब नेपालमा प्रकाशित सामग्रीहरू पढ्न यहाँ क्लिक गरी हाम्रो पेेज लाइक गर्नुहोस् ।)

तपाईंको प्रतिक्रिया व्यक्त गर्नुहोस् ।

विचार