गगन थापा भन्छन् : ‘एसईई खारेज गरौं’

Law Hub Nepal वैशाख २४, २०७७

काठमाडौं । नेपाली कांग्रेसका नेता गगन थापाले माध्यमिक शिक्षा परीक्षा (एसईई) खारेज गर्न प्रस्ताव गरेका छन् ।

प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिको बैठकमा उनले अहिले लकडाउनका कारण एसईई परीक्षा रोकिइरहेका बेला एसईई खारेज गर्नु उपयुक्त हुने बताएका हुन् ।

त्यसको सट्टा विद्यार्थीको आन्तरिक मूल्यांकन गर्न सकिने थापाले बताए ।

उनले यो एसईई परीक्षा खारेज गर्ने मौका भएको बताए ।विद्यार्थीलाई आन्तरिक मूल्यांकन गरेर जान दिनुपर्ने व्यवस्था गर्न उपयुक्त हुने बताए ।

(ल हब नेपालमा प्रकाशित सामग्रीहरू पढ्न यहाँ क्लिक गरी हाम्रो पेेज लाइक गर्नुहोस् ।)

तपाईंको प्रतिक्रिया व्यक्त गर्नुहोस् ।

विचार