नेकपा स्थायी कमिटी बैठक भोलि बिहान ११ बजे धुम्बाराहीमा बस्ने

Law Hub Nepal वैशाख २४, २०७७

काठमाडाैं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) स्थायी कमिटी बैठक भोलि बिहीवार बिहान ११ बजे पार्टी कार्यालय धुम्बाराहीमा बस्ने तय भएको छ ।

नेकपाभित्र विवादित रहेका विभिन्न विषयमा छलफल गर्न गत शनिवारको सचिवालय बैठकले स्थायी कमिटी बैठक बोलाएको थियो ।

यसअघि बैठक बोलाउन माग गर्र्दै नेकपाका २० स्थायी कमिटी सदस्यले अध्यक्षद्वय प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई हस्ताक्षर बुझाएका थिए ।

बैठकको तयारी र प्रस्ताव तयार गर्न बुधवार नेकपा सचिवालय बैठक बसिरहेको छ । स्थायी कमिटी बैठकको पूर्व सन्ध्यामा नेकपा समीकरण फेरबदल र राजनीतिक चहलपहल बढेको छ ।

(ल हब नेपालमा प्रकाशित सामग्रीहरू पढ्न यहाँ क्लिक गरी हाम्रो पेेज लाइक गर्नुहोस् ।)

तपाईंको प्रतिक्रिया व्यक्त गर्नुहोस् ।

विचार