अधिवक्ता तहको तेस्राे अनलाइन कक्षा, एलएलएम गोल्डमेडलिस्ट सुप्रिया रानाभाटले कक्षा लिने

Law Hub Nepal वैशाख १६, २०७७

काठमाडौं । नेपाल बार काउन्सिलले लिने २८ औं अधिवक्ता तहको लाइसेन्स परीक्षाको तयारीस्वरूप नेविसंघ नेपाल ल क्याम्पस समितिले अनलाइन कक्षा जारी राखेको छ ।

यसअघि दुईवटा कक्षा सम्पन्न गरिसकेको नेविसंघले आगामी बैशाख २० गते दिउँसो साढे १२ बजे ‘Nepal Law Campus NSU’ पेज मार्फत प्रत्यक्ष प्रसारण हुनेछ ।

तेस्रो कक्षामा प्रमाण कानुन र कार्यविधि कानुनको पढाइ हुने नेविसंघले जानकारी दिएको छ ।

यसअघि दोस्रो कक्षा लिएकी सुप्रिया शाही रानाभाटले तेस्रो कक्षा लिने छिन् । रानाभाट एलएलएम वर्ष २०७५ को स्वर्ण पदक विजेता हुन् ।

कोभिड १९ नामक महारारीका कारण भएको लकडाउनले विद्यार्थीहरुको नियमित पठनपाठनमा परेको प्रतिकुल असरप्रति आफ्नो संगठनको  गम्भीर ध्यानाकर्षण भएकाले अनलाइन कक्षा सुरू गरेेेको ने.वि.सघं नेपाल ल क्याम्पसका अध्यक्ष सुरज सेजुवालले बताए ।

अनलाइन कक्षाबाट अधिवक्ता लाइसेन्सको तयारीमा रहेका विद्यार्थीले लाभ लिइरहेको ने.वि.संघ. नेपाल ल क्याम्पसले विश्वास व्यक्त गरेको छ ।

लाइभ कक्षा निम्न लिंकमा गएर लिन सकिने जनाइएको छ ।
https://www.facebook.com/NSUNLC/

विस्तृत जानकारी :

तपाईंको प्रतिक्रिया व्यक्त गर्नुहोस् ।

विचार