नेकपा सचिवालय बैठकमा चर्काचर्की भएपछि प्रधानमन्त्री ओली बाहिरिए

Law Hub Nepal वैशाख २४, २०७७

काठमाडौं । नेकपा केन्द्रीय सचिवालय बैठकमा दुई पक्षबीच चर्काचर्की भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा जारी बैठकमा चर्काचर्की भएपछि पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी ओली बाहिरिएका छन् ।

बैठकमा नेताहरुबीच चर्काचर्की हुन थालेपछि प्रधानमन्त्री ओली आफ्नो शयनकक्षतर्फ लागेको बालुवाटार निकट श्रोतले जानकारी दिएको छ ।

प्रधानमन्त्री ओली एक पद एक मुख्य जिम्मेवारीको विपक्षमा रहेका छन् तर बहुमत सचिवालय सदस्यहरु त्यसको कार्यान्वयन गर्ने पक्षमा छन् ।

सचिवालय बैठकअघि नेताहरु आन्तरिक छलफलमा जुटेका थिए । बिहीबार सो पार्टीको स्थायी समिति बैठक बस्दैछ ।

तपाईंको प्रतिक्रिया व्यक्त गर्नुहोस् ।

विचार