कानूनका विद्यार्थी लक्षित अनलाइन राष्ट्रिय निबन्ध प्रतियोगिताको नतिजा सार्वजनिक 

Law Hub Nepal वैशाख २६, २०७७

काठमाडौं । सुदुरपश्चिम कानून विद्यार्थी समाजले आयोजना गरेको राष्ट्रिय अनलाइन निबन्ध प्रतियोगिताको नतिजा सार्वजनिक भएको छ ।

प्रतियोगितामा काठमाडौं स्कुल अफ ल कि नमिता रेग्मीले प्रथम, सोही कलेजका ऋतिक यादव द्वितीय र नेशनल ल कलेजकि रक्षा अवस्थीले तृतीय स्थान हाँसिल गरेेेेको समाजका अध्यक्ष गंगादत्त जोशीले बताए ।

प्रतियोगितामा प्रथम हुनेले ४ हजार द्वितीयले २ हजार र तृतीयले १५ सय प्राप्त गर्ने छन् । पुरस्कार र प्रमाणपत्र लकडाउन खुलेपछि यथाशीघ्र एक कार्यक्रमको आयोजना गरि प्रदान गरिनेछ ।

प्रतियोगिताको शिर्षक ‘महामारीमा आप्रवासी कामदार र उनीहरूप्रति राज्यको दायित्व’ रहेको थियोे । प्रतियोगितामा देशभरका कानून पढाइ हुने क्याम्पस तथा प्लस टु का विद्यार्थीहरूको सहभागिता रहेको थियोे ।

प्रतियोगिताको निर्णायकको भूमिकामा अधिवक्ताहरू दिपकराज जोशी, विशाल न्यौपाने, निमा गिरी, नवीन भण्डारी र प्रभात क्षेत्री रहेका थिए ।

आगामी दिनमा पनि समाजले यस्ता रचनात्मक गतिविधि जारी राख्ने समाजका सदस्य विशाल पन्तले बताए ।

तपाईंको प्रतिक्रिया व्यक्त गर्नुहोस् ।

विचार