भारतले लिपुलेक हुँदै सडक खनेकोमा कांग्रेसले सरकारको धारणा माग्यो

Law Hub Nepal वैशाख २७, २०७७

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले भारतले नेपाली भूमि लिपुलेक हुँदै चीनको मानसरोवर जोड्ने सडक निर्माण गरेकोमा सरकारको धारणा मागेको छ।

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले लिपुलेक नेपालको भूमि हो भन्नेमा आफूहरू प्रष्ट रहेको उल्लेख गर्दै लिपुलेक हुँदै भारतले मानसरोबर जोड्ने सडक उद्घाटन गरेकोबारे सरकारको धारणा मागेका हुन्।

‘लिपुलेक नेपालको भूमि हो, हामी प्रष्ट छौं,’ ट्वीट गर्दै शर्माले भनेका छन्, ‘चीनको मानसरोबर जोड्न भारतले लिपुलेक हुँदै सडक उद्घाटन गरेको समाचारबारे नेपाल सरकारको धारणा चाहन्छौं।’

शर्माले नेपाली भूमिबारे उच्चस्तरीय कुटनीतिक पहलमार्फत दीर्घालीन समाधान खोज्न सरकारको दायित्व रहेको पनि स्मरण गराएका छन्।

भारतले लिपुलेक हुँदै निर्माण गरेको सडक शुक्रबार उद्घाटन गरेपछि नेपालमा विरोध भइरहेको छ।

तपाईंको प्रतिक्रिया व्यक्त गर्नुहोस् ।

विचार