अनलाइन शिक्षाका माइक्रोसफ्टले दियो त्रिविलाई ५ लाख निःशुल्क आइडि 

Law Hub Nepal वैशाख २७, २०७७

काठमाडौं। त्रिभुवन विश्वविद्यालयले कार्यन्वयनमा ल्याएको अनलाइन कक्षा संचालनमा सहजताका लागि माइक्रोसफ्ट कम्पनीले विश्वविद्यालयलाई ५ लाख विद्यार्थीको लागि निःशुल्क आइडि उपलब्ध गराएको छ ।

विश्वविद्यालयले अनलाईन कक्षा संचालनको लागि माइक्रोसफ्ट कम्पनीसँग माग गरे अनुसार उक्त कम्पनीले विश्वभर संचालन गरिरहेको “टीम एप्स” उपलब्ध गराएको छ ।

एमएसटिम माइक्रोसफ्ट कम्पनीले विश्वभरीका शैक्षिक निकायहरुमा कक्षा संचालन गरिरहेको एउटा एप हो । जुन विश्वमै निकै प्रभावकारी मानिएको छ ।

विश्वविद्यालयका रजिष्ट्रार पेशल दहालले माइक्रोसफ्टले उपलब्ध गराएको एमएसटिम एपमा ज्वाइन हुनको लागि विश्वविद्यालयले पहिलो चरणमा आफ्नो आंगिक तथा केन्द्रीय कलेजका सबै विद्यार्थी, शिक्षक तथा कर्मचाारीलाई समेटने गरि काम अघि बढाएको बताए ।

उनले अबको दिनहरु अनलाइननै भएकोले त्रिविले विद्यार्थीहरुको तथ्याँक संकलन कार्य अघि बढाएको छ । उनले यसका लागि सबै आंगिक तथा केन्द्रीय कलेजका विद्यार्थीहरुको आइडि संकलन कार्य अघि बढाएको र विभागीय प्रमुख तथा सबै शिक्षक कर्मचारीहरुको समेत आइडि बनाउने काम अघि बढाएको जनाए ।

माइक्रोसफ्टले दिएको ५ लाख आइडिहरुमा हाम्रा आंगिक कलेजका सबै विद्यार्थी, शिक्षक, कर्मचारी र विभागीय प्रमुखहरुलाई समेटीने काम भइरहेको छ । आइडिमा माइक्रोसफ्टले टिउ.इडियु.एनपि जोडिएकालाई मात्र प्रवेेश गराउने छ ।

रजिष्ट्रर दहालले लकडाउनले शिक्षा क्षेत्रलाई डिजिटलाइजेसन गर्ने अवसर दिएको बताए। सक्रमणकालिन अवस्थामा अनलाइन कक्षा संचालनमा केहि चुनौति थपिए पनि भविष्यमा हामी अनलाइन जानुको विकल्प नरहेको उनले दाबी गरे ।

उनका अनुसार नेपालमा अनलाइन कक्षा कुनै नौलो पनि होइन । खुला विश्वविद्यालय पुर्ण रुपमा दूर शिक्षा र अनलाईन शिक्षाकै अवधारणामा चलिरहेको छ । त्रिविकै शिक्षा संकायका थुप्रै विषयहरु अनलाईनमै छन् । अप्ठ्यारो पछि नै सहज हुनेे पनि उनले बताए ।

रजिस्ट्रार दहालका अनुसार त्रिविले अनलाइन कक्षा संचालनबारे गाइडलाइन बनाएर अघि बढेको हो । यो गाइडलाईन त्रिविका सम्पुर्ण आंगिक, समबन्धन प्राप्त कलेजहरुलाई समेत उपलब्ध गराइएको उनले जनाए ।

तपाईंको प्रतिक्रिया व्यक्त गर्नुहोस् ।

विचार