भोलिदेखि सबै सरकारी कार्यालय खुल्ने, एक चौथाइ कर्मचारीले सेवा दिने  

Law Hub Nepal वैशाख २७, २०७७

काठमाडौं । भोलि आइतबार देखी सरकारी कार्यालयको कामकाज सुरू हुने भएको छ ।

कोरोनाबाट बच्न गरिएको लकडाउनका कारण सरकारी कर्मचारीहरु घरमा बसिरहेका छन् ।

कार्यालयको कामकाज ठप्प हुँदा कयौं सरकारी कामकाज प्रभावित बनिरहेका छन् ।

लकडाउन जारी रहेको र कतिपय कर्मचारीहरु घर फर्किएकाले आंशिक कर्मचारीको उपस्थितिमा सरकारी कार्यालय सञ्चालन हुने भएको छ ।

बुधबारको मन्त्रिपरिषद बैठकले बढीमा एक चौथाइ कर्मचारीहरु मार्फत् सेवा प्रवाह गर्ने निर्णय गरेसँगै सरकारी कार्यालयहरुले आइतबारदेखि नियमित काममा हाजिर हुन आफ्ना कर्मचारीहरुलाई निर्देशन दिएका छन् ।

नेपालमा हाल सम्म १०९ जना कोरोना संक्रमित भेटिएका छन । जस मध्ये ३० जना संक्रमित निको भएर घर फर्किएका छन ।

तपाईंको प्रतिक्रिया व्यक्त गर्नुहोस् ।

विचार