कांग्रेस नेता सिटौलाका छोराको बिहे: मुखमा मास्क, चार जना जन्ती, बिहे खर्च कोरोना कोषलाई

Law Hub Nepal वैशाख १५, २०७७

काठमाडौं । नेपाली कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाका एक्ला छोरा श्यामप्रसाद सिटौलाले आइतबार विवाह गरेे ।

अक्षय तृतीयाका दिन बिर्तामोडकी मनिषा विमलीसँग श्यामले बिहे गरेका हुन्।

तीन महिनाअघि हिजोका लागि बिहे मिति तोकिएकोले पूर्वनिर्धारित लगनमै बिहे गरेको सिटौलाले बताए।

लकडाउनको बेला सामाजिक दूरी कायम गरेर छोराको बिहे गरिएको हो ।

सिटौला झापाका स्थानीय बासिन्दा हुन्। उनका छोराले झापा नै घर भएकी र भारतमा पढ्दै गरेकी मनिषासँग बिहे गरेका हुन्।

बिहेमा आफूसहित चार जना जन्ती र दुलहा एउटा गाडीमा गएको उनले बताए। दुलहीका घरमा पनि १० जनामात्रै भेला थिए। जन्ती गएकाहरूको मुखमा मास्क र हातमा सेनिटाइजर थियो।

सिटौलाका छोरा श्यामले बिहे खर्च कोरोना कोषलाई हस्तान्तरण गरेका छन्।

उनले आफ्नो निर्वाचन क्षेत्रका स्थानीय तहलाई बिहे खर्चबापतको ५ लाख रकम हस्तान्तरण गरिएको जानकारी दिए।

 

तपाईंको प्रतिक्रिया व्यक्त गर्नुहोस् ।

विचार