प्रशासकीय अदालतको अध्यक्षमा घिमिरे नियुक्त

Law Hub Nepal श्रावण ५, २०७७

काठमाडौं । मन्त्रिपरिषद्को बैठकले प्रशासकीीय अदालतको अध्यक्षमा डिल्लीराज घिमिरेलाई नियुक्त गरेको छ ।

आइतबार साँझ प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा बसेको बैठकले कानून मन्त्रालयका पूर्व सचिव डिल्लीराज घिमिरेलाई अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो ।

प्रशासकीय अदालतमा रिक्त रहेका एक अध्यक्ष र २ सदस्यको पूर्ति गरिएको हो । सदस्यमा रीता मैनाली र उच्च अदालत पोखराका रजिष्टार कृष्णप्रसाद मैनालीलाई नियुक्त गरिएको छ ।

प्रशासकीय अदालत ऐेन, २०७६ अनुसार प्रशासकीय अदालतका अध्यक्ष र सदस्यको कार्यकाल ५ वर्षको हुने व्यवस्था रहेको छ ।

(ल हब नेपालमा प्रकाशित सामग्रीहरू पढ्न हाम्रो फेसबुक पेज यहाँ क्लिक गरि लाइक गर्नुहोस् ।

कानूनी या कुनै पनि सान्दर्भिक विषयवस्तुमा लेख रचना वा विचार प्रकाशित गर्न चाहानुहुन्छ भने [email protected] मा प्रेषित गर्नुहोस् ।)

तपाईंको प्रतिक्रिया व्यक्त गर्नुहोस् ।

विचार