भारतमा पहिलोपटक महिलालाई मृत्युदण्ड दिइँदै, के गरेकी थिइन् अपराध ?

Law Hub Nepal फागुन ६, २०७७

काठमाडौं । भारतमा पहिलोपटक महिलालाई मृत्युदण्ड (फांसी) दिन लागिएको छ ।

भारतीय पत्रिका दैनिक भास्करका अनुसार अमरोहा निवासी शबनमलाई फांसी दिन लागिएको हो। उनले प्रेमीसँग मिलेर १३ वर्षअघि धारिलो हतियारले हानेर परिवारका ७ सदस्यको हत्या गरेकी थिइन्।

हाल उत्तरप्रदेशस्थित जेलमा रहेकी उनलाई फांसीको सजाय दिइने भएको हो। तर फासी दिने मिति टुंगो लागिसकेको छैन।

फांसीबाट बच्न उनले यही फेब्रुअरी १५ मा गरेको याचना राष्ट्रपतिले खारेज गरेका हुन्।

तपाईंको प्रतिक्रिया व्यक्त गर्नुहोस् ।

विचार