महिलाले सवारी चलाउन पाउनुपर्छ भन्दै वकालत गर्ने अधिकारवादीलाई जेल सजाय

Law Hub Nepal पौष १४, २०७७

काठमाडौं । साउदी अरबकी महिला अधिकारवादी लुजैना अल–हथल्ललाई पाँच वर्ष आठ महिनाको जेल सजाय सुनाइएको छ । महिलाहरूले गाडी चलाउन पाउने अधिकारको वकालतसमेत गरेकी लुजैनालाई आतङ्कवादविरुद्धको अदालतले सजाय सुनाएको बीबीसीले जनाएको छ ।

अदालतले राष्ट्रिय सुरक्षामा क्षति पुर्‍याउन खोजेको र देशमा विदेशी मुद्दाहरूलाई अघि बढाएको आरोपमा उनलाई दोषी ठहर गरेको हो । ३१ वर्षीया लुजैनाले अहिलेसम्म साढे दुई वर्षभन्दा बढी जेल जीवन बिताइसकेकी छिन् ।

अन्तर्राष्ट्रिय मानव अधिकारवादी संस्थाहरूले पटक–पटक उहाँलाई रिहा गर्न माग गर्दै आएका छन् । लुजैना र उनका परिवारले भने सबै अभियोग अस्वीकार गरेका छन् । उनलाई साउदी महिलाहरूलाई सवारी हाँक्न अनुमति दिइनुभन्दा केही हप्ताअघि पक्राउ गरिएको थियो ।

मानव अधिकारवादीहरूले उनको सुनुवाइमा अन्तर्राष्ट्रिय मापदण्ड पूरा नभएको बताएकाे खबरमा उल्लेख छ ।

(ल हब नेपालमा प्रकाशित सामग्रीहरू पढ्न हाम्रो फेसबुक पेज यहाँ क्लिक गरि लाइक गर्नुहोस् ।

कानूनी या कुनै पनि सान्दर्भिक विषयवस्तुमा लेख रचना वा विचार प्रकाशित गर्न चाहानुहुन्छ भने [email protected] मा प्रेषित गर्नुहोस् ।)

तपाईंको प्रतिक्रिया व्यक्त गर्नुहोस् ।

विचार