संसद विघटनविरुद्धका रिटमाथिको बहस अन्तिम चरणमा 

Law Hub Nepal फागुन ७, २०७७

काठमाडाैं । प्रतिनिधि सभा विघटनविरुद्ध परेका रिटहरूमाथिको सुनुवाइ अन्तिम चरणमा पुगेको छ ।

अदालतले सहयोगीका रूपमा झिकाएका एमिकस क्युरीको बयान पनि सकिने चरणमा पुगेको हो । एमिकस क्युरीका ५ सदस्यमध्ये ४ जनाले बहस गरिसकेका छन् ।

अहिले अन्तिम बहसकर्ताका रूपमा वरिष्ठ अधिवक्ता गीता पाठकले अदालतलाई राय दिइरहेकी छन् । पाठकले संविधान भन्दा माथि कोही पनि नरहेको बताइन् ।

संविधान कोमामा रहेको भन्ने प्रसंग यसअघि इजलासमा उठेको स्मरण गर्दै उनले संविधान कोमामा पुग्दा सबै कोमामा पुगेको धारणा राखिन् ।

प्रतिनिधि सभा विघटन गर्ने निर्णय सम्बन्धमा राष्ट्रपति कार्यालयबाट जारी विज्ञप्तिका विषयमा पनि प्रश्न उठेको भन्दै उनले सबै संविधान अनुसार चल्नुपर्ने बताइन् ।

पाठकको बहस सकिएपछि इजलास निर्णय सुनाउने प्रक्रियामा जानेछ ।

निर्णय सुनाउने प्रक्रियामा एक सातादेखि १० दिनसम्म लाग्न सक्ने अनुमान गरिएको छ ।

तपाईंको प्रतिक्रिया व्यक्त गर्नुहोस् ।

विचार