वामदेवलाई मन्त्री बन्ने बाटो खुल्यो, सर्वोच्चद्वारा अन्तरिम आदेश जारी गर्न अस्वीकार 

Law Hub Nepal कार्तिक २६, २०७७

काठमाडौं । संवैधानिक इजलासले अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेपछि नेकपा नेता वामदेव गौतम मन्त्री बन्ने बाटो खुलेकाे छ ।

गौतमको सांसदको योग्यतासम्बन्धी सर्वोच्च अदालतमा परेको रिटको पेशी आजका लागि तोकिएको थियो।

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा, न्यायाधीशहरू दीपकुमार कार्की, हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ र ईश्वरप्रसाद खतिवडाको संवैधानिक इजलासमा गौतमविरुद्धको मुद्दाको सुनुवाइ भएको थियो ।

वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले १२ असोजमा गौतमलाई राष्ट्रिय सभा सदस्य मनोनीत गर्ने निर्णय बदरको माग गर्दै रिट दायर गरेका थिए ।

सर्वोच्चले गौतमको राष्ट्रिय सभा सदस्य पद यथास्थितिमा राख्न र कुनै संवैधानिक जिम्मेवारी नदिन अन्तरिम आदेश जारी गरेको थियो ।

०७४ को प्रतिनिधिसभा सदस्य निर्वाचनमा बर्दियाबाट पराजित भएका गौतमलाई सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रिय सभा सदस्य मनोनीत गरेकी थिइन् ।

आज अन्तरिम आदेश दिन सर्वोच्चले अस्वीकार गरेसँगै गौतमले राष्ट्रिय सभा सदस्यका रुपमा काम गर्न र मन्त्री बन्न बाधा पुग्ने छैन ।

(ल हब नेपालमा प्रकाशित सामग्रीहरू पढ्न हाम्रो फेसबुक पेज यहाँ क्लिक गरि लाइक गर्नुहोस् ।

कानूनी या कुनै पनि सान्दर्भिक विषयवस्तुमा लेख रचना वा विचार प्रकाशित गर्न चाहानुहुन्छ भने [email protected] मा प्रेषित गर्नुहोस् ।)

तपाईंको प्रतिक्रिया व्यक्त गर्नुहोस् ।

विचार