अध्ययन समितिकाे प्रतिवेदन: बिचौलियाका कारण अदातलमा मुद्दा नै किनबेच हुन्छ (पूर्णपाठसहित)

Law Hub Nepal भाद्र १०, २०७८

काठमाडौं । न्यायपालिकामा हुनसक्ने विकृति, विसंगती, अनियमितता वा भ्रष्टाचार एवं विचौलियाबाट हुनसक्ने क्रियाकलापहरूबारे सत्यतथ्य पत्ता लगाउन गठन भएको अध्ययन समितिले न्यायालयमा बिचौलियाको व्यापक प्रभाव रहेको निष्कर्ष सहितको प्रतिवेदन बुझाएको छ ।

अध्ययन समितिले साउन १४ मा प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरालाई बुझाएको प्रतिवेदन बुधवार सार्वजनिक गरिएको हो । न्यायाधीश हरिकृष्ण कार्कीको संयोजकत्वमा गठित समितिले बिचौलियाले न्यायाधीश र मुद्दाका पक्षबीच भ्रष्टाचारका निमित्त सम्पर्क सूत्रको रुपमा काम गरेको निष्कर्ष निकालेको छ ।

न्यायपालिकामा पूर्णकालीन र पेसेवर बिचौलिया हावी हुने गरेको समितिले ठहर गरेको छ । प्रतिवेदनको पूर्णपाठ पढ्न यहाँ क्लिक गर्नुहोस् ।

तपाईंको प्रतिक्रिया व्यक्त गर्नुहोस् ।

विचार