प्रधानमन्त्री र राष्ट्रपतिको कदम विरुद्ध सर्वोच्चमा ५ वटा रिट निवेदन, अझैं बढ्ने सम्भावना

Law Hub Nepal पौष ६, २०७७

काठमाडौं । प्रधानमन्त्री केपी ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गरेपछि कानुन व्यवसायीहरूले उक्त कदम विरुद्ध रिट दायरको तयारी गरेका छन् ।

प्रधानमन्त्री र राष्ट्रपतिको कदम गैर संवैधानिक रहेकाे भन्दै त्यसका विरुद्ध हिजै रिट दायर गर्ने तयारी भएको भए पनि समय अभावका कारण आज सरेको हो ।

वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, अधिवक्ता कञ्चनकृष्ण न्यौपाने, अधिवक्ता लोकेन्द्र केसी, केशरजंग केसी लगायतले रिट दायर गर्दैछन् ।

प्रधानमन्त्री ओली र राष्ट्रपति भण्डारीले संविधानमा व्यवस्था नभएको कदम चालेपछि अब यसको छिनोफानो न्यायालयले गर्ने पक्का भएको छ  । त्यसैले नै कानुनविद्हरु ओली–भण्डारीका कदमविरुद्ध रिट लिएर अदालत पुगेका हुन् ।

‘तीन वटा रिट निवेदन आएका छन् । प्राविधिक तयारी पुगेर आएका रहेछन् भने आज दर्ता हुन्छन्,’ सर्वोच्च अदालतका सञ्चारविज्ञ किशोर पौडलेले बताए ।

अहिलेसम्म रिट ५ वटा पुगिसकेको कानुन व्यवसायीहरूले बताएका छन् । रिटको संख्या अझै बढ्ने सम्भावना भएकोले एकैपटक दर्ता गरिने जनाइएको छ ।

 

तपाईंको प्रतिक्रिया व्यक्त गर्नुहोस् ।

विचार