संसद विघटन विरूद्ध सर्वोच्चमा बहस गरेका सुलभ र समृतलाई जनसेवाश्री

Law Hub Nepal असाेज ३, २०७८

काठमाडौं । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेपछि सोही मुद्दामा सर्वोच्चमा बहस गरेका कानूनका विद्यार्थी सुलभ खरेल र समृत खरेलले जनसेवाश्री पदक प्राप्त गरेका छन् ।

कानून व्यवसायीको लाइसेन्स नै लिइनसकेका कानूनका विद्यार्थी खरेलद्वयले संवैधानिक इजलासमा गरेको बहसले त्यतिबेला चर्चा पाएको थियो । उनीहरूको बहसबाट प्रभावित भएको इजलासले उनीहरूको बहस नोटसमेत मागेको थियो ।

सुलभ रूपन्देहीको बुटवलका हुन् भने समृत झापाका हुन् । उनीहरूले नेपाल ल क्याम्पस काठमाडौंबाट बीएएलएलबी तहको पढाइ पूरा गरेका छन् ।

तस्बिर : खरेलद्वयको फेसबुक ।

तपाईंको प्रतिक्रिया व्यक्त गर्नुहोस् ।

विचार