अदालतको ‘अवहेलना’ मुद्दामा वारेस राख्न प्रधानमन्त्रीलाई सर्वोच्चको अनुमति

Law Hub Nepal फागुन १०, २०७७

काठमाडौं । सर्वोच्च अदालतले अदलालतको अवहेलना मुद्दामा प्रधानमन्त्री केपी ओलीलाई वारेस राख्न अनुमति दिएको छ ।

न्यायाधीश पुरुषोत्तम भण्डारी र प्रकाशकुमार ढुँगानाको संयुक्त इजलासले प्रधानमन्त्रीलाई वारेस राख्न अनुमति दिएको हो ।

लिखित जवाफ आफैँ उपस्थित भएर बुझाएका प्रधानमन्त्री ओलीले सो मुद्दामा वारेस राख्न पाउँ भन्दै निवेदन दिएका थिए ।

अधिवक्ता कञ्चनकृष्ण न्यौपाने र कुमार शर्मा आचार्यले प्रधानमन्त्री ओलीविरुद्ध अदालतको अवहेलनामा हदैसम्म कारवाहीको माग गर्दै रिट दायर गरेका थिए ।

तपाईंको प्रतिक्रिया व्यक्त गर्नुहोस् ।

विचार