प्रधानसेनापति थापालेे सर्वोच्च अदालत पुगेर भेटे प्रधानन्यायाधीश राणालाई  

Law Hub Nepal फागुन १०, २०७७

काठमाडौं । प्रधान सेनापति पूर्णचन्द्र थापा आज सोमबार अपरान्ह आकस्मिक रुपमा सर्वोच्च अदालत पुगेका छन् ।

सोमबार अपरान्ह १ बजेर १० मिनेट जाँदा सर्वोच्च अदालत प्रवेश गरेका प्रधान सेनापति थापा एक घण्टा बिताएर फर्केका छन् ।

विशेष उच्च सुरक्षा स्रोतका अनुसार थापाले त्यहाँ एक घण्टा बस्दा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणासँग पनि भेट गरेका थिए । भेटवार्ता भएपनि के कुराकानी भयो भन्ने स्पष्ट नखुलेको स्रोतले बतायो ।

तपाईंको प्रतिक्रिया व्यक्त गर्नुहोस् ।

विचार