‘आफू बचौँ र बचाउँ आफ्नै गाउँ टोल शहर’ अभियानले कैलालीमा गर्‍यो राहत वितरण

Law Hub Nepal असार ७, २०७७

काठमाडौं । कैलालीका युवाहरूद्वारा सुरू गरिएको ‘आफू बचौँ र बचाउँ आफ्नै गाउँ टोल शहर’ अभियानले धनगढीमा राहत वितरण गरेको छ । धनगढी उप-महानगरपालिका वडा न. १२, ‘सी’ गाउँका ७० विपन्न परिवारलाई राहत वितरण गरिएको हो ।

मनकारी मनहरुबाट प्राप्त सहयोगलाई वास्तविक महामारी पिडित पहिचान गरी पारदर्शीताकासाथ पत्रकारहरूको रोहबरमा बितरण गरिएको अभियानका संयोजक मनोज सिहंले ल हब नेपाललाई जानकारी दिए ।

कोरोना महामारीबाट बच्न सिंगो विश्व नै लकडाउनमा रहेको अवस्थामा दैनिक ज्यालामजदुरीमा जीवन गुजारीरहेकाहरू समस्यामा छन् ।

छिमेकी देश भारतमा रोजगारीका लागि गएकाहरू अहिले गाउँ फर्किएका छन्, उनीहरूलाई पनि यो समयमा जीवन धान्न मुस्किल परिरहेको छ । एकल महिला, अशक्त असहायहरूको समस्या पनि उस्तै छ ।

यस्तै समस्यालाई मध्यनजर गरि आपसी सहयोगलाई बढावा दिन कैलालीका युवाहरूले गत जेठ २३ गते शुक्रबारदेखि सो अभियान थालेका हुन् ।

यो अभियानमा विभिन्न व्यक्तिहरूले केही खाद्यसामग्री र नगद सहयोग गरेका थिए । नेविसंघ नेपाल ल क्याम्पसका नेता समेत रहेका सिंह र उनीजस्तै युवाहरूको यो समूहले अभियानमार्फत अप्ठ्यारोमा परेकाहरूलाई सहयोग गरेेेेको हो ।

 

तपाईंको प्रतिक्रिया व्यक्त गर्नुहोस् ।

विचार