प्रधानमन्त्रीले गरे मन्त्रिपरिषद् विस्तार, ८ नयाँ मन्त्रीले लिए सपथ (सूचीसहित)

Law Hub Nepal पौष १०, २०७७

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार मन्त्रिमण्डल हेरफेर र विस्तार गरेका छन्। प्रधानमन्त्रीले संसद भंग गरेपछि सात जना मन्त्रीले सामूहिक राजीनामा दिएका थिए।

नवनियुक्त मन्त्रीहरूले शितलनिवासमा शुक्रबार साँझ राष्ट्रपतिबाट शपथ लिएका छन्।

प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरेपछि सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का असन्तुष्ट समूह पुष्पकमल दाहाल-माधवकुमार नेपाल पक्षका मन्त्रीहरूले राजीनामा दिएका थिए।

त्यसपछि रिक्त रहेका मन्त्रालयहरूमा प्रधानमन्त्री ओलीले शुक्रबार नयाँ मन्त्री नियुक्त गरेका हुन्।

थपिएका र हेरफेर भएका मन्त्रीहरू-

टोपबहादुर रायमाझी- उर्जा
मणि थापा- खानेपानी
प्रभु साह- शहरी विकास
प्रेम आले- वन
गणेश ठगुन्ना- सामान्य प्रशासन
गौरी शंकर चौधरी- श्रम
दावा लामा- युवा तथा खेलकुद
जुली कुमारी महतो- महिला बालबालिका
विमला विश्वकर्मा- उद्योग राज्यमन्त्री
भानुभक्त ढकाल- पर्यटन (मन्त्रालय हेरफेर)
हृदयेश त्रिपाठी- स्वास्थ्य (मन्त्रालय हेरफेर)
लीलानाथ श्रेष्ठ- कानुन
शिवमाया तुम्बाहाङ्फे- भूमिसुधार
पद्मा अर्याल- कृषि
कृष्ण गोपाल श्रेष्ठ- शिक्षा

यसअघि स्वास्थ्यमन्त्री रहेका भानुभक्त ढकाल पर्यटन र संघीय मामिला मन्त्री रहेका हृदयेश त्रिपाठी स्वास्थ्य मन्त्री बनेका छन्।

यसअघिका महिला बालबालिका मन्त्री लीलानाथ श्रेष्ठ कानुन र कानुनमन्त्री शिवमाया तुम्बाहाङ्फे भूमिसुधार मन्त्री बनेकी छन्। भूमिव्यवस्था मन्त्री पद्मा अर्यालले कृषि मन्त्रालयको जिम्मेवारी पाएकी छन्। त्यस्तै शहरी विकास मन्त्री कृष्ण गोपाल श्रेष्ठ शिक्षामन्त्री भएका छन्।

युवा तथा खेलकुदमन्त्री जगत विश्वकर्मा र उद्योग राज्यमन्त्री मोती दुगड बिदा भएका छन्।

(ल हब नेपालमा प्रकाशित सामग्रीहरू पढ्न हाम्रो फेसबुक पेज यहाँ क्लिक गरि लाइक गर्नुहोस् ।

कानूनी या कुनै पनि सान्दर्भिक विषयवस्तुमा लेख रचना वा विचार प्रकाशित गर्न चाहानुहुन्छ भने [email protected] मा प्रेषित गर्नुहोस् ।)

तपाईंको प्रतिक्रिया व्यक्त गर्नुहोस् ।

विचार