कञ्चनपुरमा सशस्त्रले बिरामी विद्यार्थी कुटेपछि कानुन विद्यार्थी समाजको आपत्ती

Law Hub Nepal चैत्र २४, २०७६

काठमाडौं । कञ्चनपुरमा अत्यावश्यक औषधी किन्न जाँदा एक विरामी विद्यार्थी सशस्त्र प्रहरीबाट कुटिएका छन्।

वेदकोट नगरपालिका -६ सिसैयाका विरामी विशाल पन्तले अत्यावश्यक औषधी किन्न जाँदा आफुलाई सोधपुछसमेत नगरी निर्मम कुटपिट गरी घाइते बनाएको बताएका छन् ।

पृथ्वीनारायण क्याम्पस पोखरामा कानुन संकायमा अध्ययनरत रहेका पन्त प्रहरी निरिक्षक शैलेन्द्र चैसिरबाट कुटिएको भन्दै सुदुरपश्चिम कानुन विद्यार्थी समाजले आपत्ती जनाएको छ।

औषधि उपचारजस्तो अत्यावश्यक काममा व्यक्तिगत सुरक्षा अपनाइ जाँदा पनि कुटपिट हुनु कानुनी बर्खिलाप र मानव अधिकार उलंघन भएको हुँदा समाजको ध्यानाकर्षण भएको जनाएको छ ।

विरामीलाई कुटपिट गर्नु गैरकानुनी भएको भन्दै विद्यार्थी समाजले निरिक्षक चैसिरलाई कारबाहीको माग समेत गरेको छ ।

 

तपाईंको प्रतिक्रिया व्यक्त गर्नुहोस् ।

विचार