युवाहरूको पहलमा ‘आफू बचौँ र बचाउँ आफ्नै गाउँ टोल शहर’ अभियान सुरू

Law Hub Nepal जेठ २६, २०७७

काठमाडौं । कोरोना महामारीका कारण सिंगो विश्व नै आक्रान्त छ । महामारी फैलन नदिन सबै देशले लकडाउनको उपाय अपनाइरहेका छन् । नेपालले पनि लकडाउन सुरू गरेको अढाई महिना पूरा भइसकेको छ ।

लकडाउनले सबै कुरा ठप्प छ, जनता घरभित्रै बस्न बाध्य छन् । दैनिक ज्यालामजदुरीमा जीवन गुजारीरहेकाहरू अहिले समस्यामा छन् । छिमेकी देश भारतमा रोजगारीका लागि गएकाहरू अहिले गाउँ फर्किएका छन्, उनीहरूलाई पनि यो समयमा जीवन धान्न मुस्किल परिरहेको छ । एकल महिला, अशक्त असहायहरूको समस्या पनि उस्तै छ ।

यस्तै समस्यालाई मध्यनजर गरि आपसी सहयोगलाई बढावा दिन कैलालीका युवाहरूले एक अभियान थालेका छन् । समस्यामा परेकालाई सहयोग गर्न उनीहरूले ‘आफू बचौँ र बचाउँ आफ्नै गाउँ टोल शहर अभियान’ सुरू गरेका छन् ।

यो अभियानमा आफुसँग भएको केही खाद्यसामग्री र नगद सहयोग गर्न सकिने अभियानका संयोजक मनोज सिंहले बताए । नेविसंघ नेपाल ल क्याम्पसका नेता समेत रहेका सिंह र उनीजस्तै युवाहरूको यो समूहले अभियानमार्फत अप्ठ्यारोमा परेका हरूलाई सहयोग गरीरहेको छ ।

सिंहले आआफ्नो गाउँ टोलमा यस्तो अभियान सुरू गर्न र अभियानमा जोडिन सबैलाई आह्वानसमेत गरेका छन् । सबै सहयोगी मनहरूलाई यो अभियानमा साथ दिन आग्रह गर्दै उनले आपसी सहयोगबाट नै यो समस्याबाट पार पाउन सकिने बताए ।

अभियानमा जोडिन संयोजक मनोज सिंहलाई ९८४३६५३५०२ मा र केशवराज उपाध्यायलाई ९८६५७७७९९२ मा सम्पर्क गर्न सकिनेछ ।

मनकारी मनहरुबाट प्राप्त सहयोगलाई वास्तविक महामारी पिडित पहिचान गरी पारदर्शीताका साथ बितरण गरिने संयोजक सिहंले ल हब नेपाललाई जानकारी दिए ।

शुक्रबारबाट सुरु भएको यस अभियानमा अहिलेसम्म निम्न ब्यक्ति एवं संस्थाहरुले सहयोग गरिसकेको र सहयोग आउने क्रम जारी रहेको बताईएको छ ।

अहिलेसम्म अभियानमा जोडिई सहयोग गर्ने सहयोगी मनहरु :

१. तेजेन्द्र सिंह, ध.उ.न.पा. वडा न. १२, “C” गाउँ (हाल द. कोरिया) सहयोग रकम: रु: ५०००(पाँच हजार मात्र)

२. क्याप्टेन धर्मेन्द्र सिंह, ध.उ.न.पा. वडा न. १२, “C”(हाल लेबनन, शान्ति सेनामा, नेपाल आर्मी को तर्फबाट) सहयोग रकम : रु : ५०००(पाँच हजार मात्र)

३. रवीन्द्र रोकाय, ध.उ.न.पा. वडा न. १२, “C” गाउँ (हाल द. कोरिया) सहयोग रकम: रु: १०००० (दस हजार मात्र)

४. बिनोद सिंह, ध.उ.न.पा. वडा न. १२, “C” गाउँ (हाल द. कोरिया) सहयोग रकम: रु: ५०००(पाँच हजार मात्र)

५. सुरेन्द्र सिंह, ध.उ.न.पा. वडा न. १२, “C” गाउँ (हाल दुबई) सहयोग रकम: रु: ५०००(पाँच हजार मात्र)

६. दीपक सिंह, ध.उ.न.पा. वडा न. १२, “C” गाउँ (हाल द. कोरिया ) सहयोग रकम: रु: ५०००(पाँच हजार मात्र)

७. सुनिल सिंह, ध.उ.न.पा. वडा न. १२, “C” गाउँ (हाल द. कोरिया) सहयोग रकम: रु: ५०००(पाँच हजार मात्र)

८. केन्जल बेबि सप(दिपेन्द्र सिंह), ध.उ.न.पा. वडा न. १२, “C” गाउँ सहयोग : ५० k.g चामल र २५ प्याकेट नुन

९. खप्तड व्लक उद्योग, (कमल सिंह), ध.उ.न.पा. वडा न. १२, “C” गाउँ सहयोग : ५० k.g चामल

१०. लक्ष्मण सिंह, ध.उ.न.पा. वडा न. १२, “C” गाउँ (हाल, कुबेत) सहयोग : ५० k.g चामल

११. मान बहादुर थापा, ध.उ.न.पा. वडा न. १२, “C” गाउँ (हाल द.कोरिया) सहयोग: १०० k.g चामल

१२. राजु नेपाली, ध.उ.न.पा. वडा न. १२, “C” गाउँ (हाल, मलेसिया) सहयोग रकम: ४०१७ (चार हजार सत्र मात्र)

मनकारी मनहरू थपिइरहेकाले आफुहरुलाई उर्जा मिलेको अभियानका सदस्यहरूले बताएका छन् ।

तपाईंको प्रतिक्रिया व्यक्त गर्नुहोस् ।

विचार