भेनेजुयलाका राष्ट्रपति मादुरो पक्रनेलाई डेढ करोड डलर पुरस्कार घोषणा !

Law Hub Nepal चैत्र १३, २०७६

एजेन्सी । अमेरिकाले भेनेजुयलाका राष्ट्रपति निकोलस मादुरोलाई पक्राउ गर्नेलाई डेढ करोड डलर पुरस्कारको घोषणा गरेको छ।

अमेरिकाले आज (बिहीबार) सो घोषणा गरेको अन्तर्राष्ट्रिय समाचार एजेन्सी एएफपीले जनाएको छ।

बिहीबार केहिबर अघि अमेरिकाको कानुन मन्त्रालयले मादुरोलाई लागु लागुऔषध आतंकवादमा दोषी ठहर गर्न लागेको अमेरिकाका सिनेटर मार्को रुबियोले बताएका थिए।

अमेरिकाले मादुरोको सरकारलाई अवैधानिक भन्दै त्यहाँको प्रतिपक्षी दलका नेता हुवान ग्वाइदोलाई समर्थन गर्दै आएको छ।

तपाईंको प्रतिक्रिया व्यक्त गर्नुहोस् ।

विचार