शक्ति सङ्घर्षको द्वन्दात्मक रहस्य

Law Hub Nepal फागुन २९, २०७७

जब मानिसले अन्तरनिहित तेजपूर्ण तागतको सबल परिस्थितिमा अवतरण गरायो, तब उसले स्वार्थको आँधिलाई रोक्न सकेन। साथै तरङ्गहरुलाई के कसरी कुन विधिबाट सम्बोधन गर्न सकिन्छ भनेर ध्यान केन्द्रीकृत गर्ने तर्फ मौनता प्रर्दर्शन गर्यो। सामाजिक संरचनाको मुना पलाएसंगै द्वन्दात्मक अन्तरसङ्घर्षले बलियो जरा गाड्यो। क्रमश राजनीतिक संस्कृतिले सम्बद्घ मल जल प्राप्त गर्यो।

राजनीतिक गतिविधि शक्ति सङ्घर्षको विकसित संज्ञा हो। जसले एउटा त्यस्तो दियोको जन्म दिन्छ, जसमा सकारात्मक र नकारात्मक तत्वहरुबीच भातृत्व सरहको सम्बन्ध हुन्छ । जहाँ विशाल निर्णायक शक्तिले समेत स्थान पाउँछ । मुलत राजनीतिक द्वन्द्वले चेतना जागृत पनि गराउँछ भने स्वार्थरहित उर्जा त्याग्न असमर्थ हुन्छ ।

वर्तमान समयमा नेपालको राजनीतिक गतिविधि पर्तिकृयावादिको फन्दामा परेको तितो यथार्थ नकार्न सकिदैन्। जसले समग्र राज्यलाई नै भयपूर्ण स्थितिमा बस्न बाध्य पारेकोछ। जनताको इच्छा, चाहना तथा सपनाहरू त यहाँ राजनितीक अवरोधको असान्दर्भिक कारणलाई सारथि बनाई दोषपूर्ण अँध्यारो खाल्डोमा सुरक्षित राखिएको छ। अर्थात भोगले भौतारिएको बाघलाई आहारादिएसरि विकास विरोधी ब्यक्तिको पकटमा राखिएको छ। प्रतिफलमा तोते बोल्दै गरेको राजनीतिक परिवर्तनले खुट्टा कमाउन विवश छ।

लामो समयदेखिको पर्खाई तथा लाखौं जनताको त्याग, समर्पण, बलिदानबाट स्थापित राजनितीक कायापलटलाई कानुनी, नितिगत, र संस्थागत संयन्त्र मार्फत राजनीतिक, कानूनी र नैतिक दायित्वलाई सम्बोधन गर्दै प्रभावकारि कार्यान्वयनको मैदानमा उतार्न सहज होस भनेर नेपाली जनताले दिएको मतलाई नेतृत्वले शक्ति केन्द्रीकरणको भकुण्डो बनाउनु सरासर धोका बाहेक अरु केही होइन।

सङ्कुचित चेतनाको कारण सृजित पछिल्लो घटनाक्रमले नितान्त व्यक्तिवाद, नातावाद र कृपावाद हावि हुँदै गएको कुरा प्रष्ट्याउछ। कानुनी घेरा नाघेर गरेको, राजनीतिक दलसम्बन्धि अध्यायदेश, संवैधानिक परिषदसन्बन्धि अध्यायदेश, प्रतिनिधि सभा विघटन, असंवैधानिक नियुक्ति, कुटनैतिक मर्यादा विपरीत भेटघाट, अराजनीतिक निर्णय र सो उपर कदम चाल्ने जस्ता कार्यहरु आन्तरिक शक्ति सङ्घर्षको उपहार रहेको तथ्य यकिन गर्न ग्राह्य छ।

राजनितीक नेतृत्वले जतिसुकै चमकदार कुरा गरेपनि राष्ट्रिय राजनीति, आर्थिक, सामाजिक, सांस्कृतिक तथा वातावरणीय उदेश्य अङ्गिकार नगरेको प्रमाण दाखिला गर्न कष्ट गर्नु केवल मुर्खता हो। साथै यहाँ सकारात्मक प्रगतिमुलक परिवर्तनको हिमायतीलाई अभौतिक फासी दिईएको छ।

नेपालको इतिहास तर्फ दृष्टिपात गर्दा नेपाल तिब्बत युद्ध, नेपाल र कम्पनी सरकार बिच १३ सुत्रिय सन्धि, नेपाल अङ्ग्रेज युद्ध ( सुगौली सन्धि ), नेपाल भोट युद्ध ( वि.स. १९११- १९१२) , नेपाल बेलायत मैत्री सन्धि, सन् १९५० को सन्धि, कोशी, गण्डकी सम्झौता, टनकपुर सन्धि, भाइ पर्व, रानी पर्व, साठिसाल पर्व, बासठ्ठिहरण पर्व, विषपर्व र पाँडेपर्व, सन्तानब्बे सालको पर्व, कोतपर्व, भण्डारखाल पर्व, वि.स.१९०७, १९३४ र ३८ सालको काण्ड, विष्ट पर्व, ४२ सालको पर्व, गेहेन्द्र शमशेरको पर्व, चर्खा प्रचारमा प्रतिबन्ध, पुस्तकालय पर्व, वसन्त शमशेर पर्व, प्रचण्ड गोरखा पर्व, नारायण हिट दरवार पर्व, खुकुरी दल काण्ड, डा. के. आई.सिंह काण्ड, जनसेवा सिनेमा काण्ड, सुखानि हत्याकाण्ड, नख्खु जेलकाण्ड, एक अर्व डलर काण्ड, दासढुङ्गा काण्ड, नक्सलाइट आन्दोलन , ऐतिहासिक जनमतसंग्रह, माअओवादि जनयुद्ध, संविधानसभा निर्वाचनलाई शक्ति सङ्घर्षको उम्लिदो रगतवाट प्रेरित मनसाय मार्फत सृजित घटनाको दायरामा कैद गर्न सकिन्छ।

विश्वको इतिहासको पाना पल्टाएर हेर्दा महाभारतको युद्ध, ट्रोयको युद्ध, जेरुसेलमको किल्लाबन्दी, रोमको किल्लाबन्दि, म्याराथनको युद्ध, ग्रेनिकसको युद्ध, हाईडास्पेसको युद्ध , अर्बेलाको युद्ध ( इसापूर्व ३३१), कलिङ्को युद्ध ( २६१ इसापूर्व), हेस्टिंग्सको युद्ध ( सन् १०६१), प्रथम धर्म युद्ध ( सन् १०९५- १०९९), सतबर्षिय युद्ध ( सन् १३३७- १४५३), स्पानिस अर्मडाको युद्ध ( सन् १५८८- १६०४), गुलाफको युद्ध , पानीपतको युद्ध , हल्दिघाटिको युद्ध , एङ्लो स्पानिस वार( सन् १५८५- १६०४), वक्सरको युद्ध , जीब्राल्टर खाडीको युद्ध ( सन् १६०६- १६०७), मार्सटन सुरको युद्ध ( सन् १६४४), ब्लेनहमको युद्ध ( सन् १७०४), सप्तबर्षिय युद्ध ( सन् १७५६-६३), प्लासिको युद्ध ( सन् १७५७), अमेरिकी स्वतन्त्रता सङ्ग्राम ( सन् १७७५- १७८३), क्रान्तिकारी युद्ध ( सन् १७९२-९९), पर्सा र अस्ट्रियाको युद्ध ( सन् १८६६), चीन जापान युद्ध ( सन् १८९४- १८९५), रसिया जापान युद्ध ( सन् १९०४-१९०५), प्रथम विश्व युद्ध ( सन् १९१४-१९१८), द्वितीय विश्व युद्ध ( सन् १९३९-१९४५), रुस र जर्जिया बीचको युद्ध पनि शक्ति सङ्घर्षको देन हो।

निरो ( इस्वि सन् ६४), मोहम्मद रेजा पहल्वि( सन् १९१९- १९८०), बसार अल असद, फ्रान्सिस्को फ्रान्को( १८९२-१९७५), बेनिटो मुसो लिनि( सन् १८८३-१९४५), होस्नि मुबारक, बेनि अलि, कर्नेल गच्छाफि, निकोलाई चाउचेस्कु, एडोल्फ हिटलर ( २० अप्रिल १८८९- ३० अप्रिल १९४५), दादा इदि अमिन( सन् १९२०- २००३), सद्दाम हुसेन, पोलपोट, फर्डिनान्ड मार्कोस जस्ता नेतृत्वहरु सत्तामोहले कुख्यात शासकहरुको पहिचानको पृष्ठमा संरक्षित हुनुको पछाडि शक्ति सङ्घर्षकै परिणाम हो।

शक्ति सङ्घर्षको कारणले नै राजनीतिक उतारचढावले जन्म लिने र मृत्युदण्ड बेहोर्ने हुन्छ। आजसम्मको इतिहासलाई नजरअन्दाज गर्दा सत्ताशक्ति प्राप्तिको लागी पृथक पृथक माध्यम मार्फत द्वन्द्वको पर्यावरण खडा गरेको दृश्य स्पष्ट छ। जब व्यक्तिमा बदनियतपूर्ण शक्ति केन्द्रीकरणको मोहको मुहान विस्फोट हुन्छ, तब त्यसले विध्वंसात्मक चरित्रमय विवादको प्रतिपादन गर्छ।

नेपालको वर्तमान राजनीतिक घटना शक्ति सङ्घर्षकै उपलब्धि हो। तर बिकार मनसायको बाहुल्यता अधिक भएकोले परिकल्पना बमोजिमको राजनीतिक अवस्था पाउन कठिन भयो। जहाँ व्यक्तिगत लाभलाई सर्वोच्च स्थानमा राखि राष्ट्रिय महिमा गौण गराइएको छ। आफु सत्तारूढ भइरहनको लागि मातृत्वप्रती असभ्य, अनैतिक र अराजक लात हानिएको छ। देशको अस्तित्व नरहेमा आफ्नो अस्तित्व पनि धरापमा पर्छ भन्ने कुराको समेत ज्ञानरहीत नेतृत्व छ हाम्रो सामु जसले गन्तव्यहिन मार्गमा हिड्ने यत्न गरिरहेको छ।

यदि नेपालको प्रचलित शक्ति सङ्घर्षलाई सत्मार्गमा हिडाउन असमर्थ भएमा संवैधानिक सर्वोच्चता, न्यायिक सर्वोच्चता, मानव अधिकारको प्रत्याभुति, कानूनको नजरमा सनानता, भ्रष्टाचार मुक्त समाज, सुशासन, जनशक्ति उपर मट्टीतेलमा अग्नि राखेसरिको उर्जा, शक्ति पृथकीकरणको कुशल अभ्यास, जननीहित शासन व्यबस्था जस्ता गुणहरुले प्राण त्याग्नुपर्ने बखत आउँदैन भन्न सक्ने ठोस आधार छैन।

कानूनी राज्य, लोकतान्त्रिक मुल्य र मान्यताले गर्जिने व्यवस्था, बहुलवादमा आधारित बहुदलीय प्रतिस्पर्धात्मक संघिय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था र नागरिक सर्वोच्चतालाई गन्तव्यउन्मुख प्रस्थान गराउने हो भने वर्तमान राजनीतिक अभ्यासलाई परिस्कृत गर्न जरुरी छ। सकारात्मक प्रगतिमुलक परिवर्तनमुखि, उर्जाशिल राजनीति सङ्घर्षले स्थान पाएमा राजनैतिक, कानूनी र नैतिक दायित्व बमोजिम राज्यका राजनैतिक, आर्थिक, सामाजिक र सांस्कृतिक चुनौतिहरुलाई तिलाञ्जलि दिन विराट अवरोध व्यहोर्नु पर्दैन।

शक्ति सङ्घर्ष जन्मदाता र मृत्युदाता दुवै हो। त्यसकारण यसको अभ्यासमा स्वच्छ, समयानुकूल विवेको प्रयोग गर्नुपर्छ। नेपालको अहिलेको उपापदेयता भनेको सक्षम, निष्पक्ष र स्वतन्त्र नेतृत्व हो। नेतृत्वले व्यक्तिगत स्वार्थमालिप्त सपनाहरूलाई त्यागेर दिवाकालिन जनप्रिय सपनामाथि सफलता हाँसिल गर्नेतर्फ एकीकृत तवरमा ध्यान केन्द्रीत गर्नुको विकल्प छैन। अनिमात्र स्वस्थ मनसायका साथ गरिने शक्ति सङ्घर्षको फल स्वादिष्ट र प्रशस्त भिटामिनयुक्त हुन्छ।

(खत्री काठमाडौं स्कुल अफ ल भक्तपुरमा बी.ए.एल.एल.बी. प्रथम बर्षमा अध्ययनरत छन् ।)

तपाईंको प्रतिक्रिया व्यक्त गर्नुहोस् ।

विचार