गायक निशान भट्टराईले प्रेमिकासँग गरे ‘कोर्ट म्यारिज’

Law Hub Nepal श्रावण २७, २०७७

काठमाडौं । गायक निशान भट्टराईले कानूनी विवाह गरेका छन्।

श्रीकृष्ण जन्माष्टमीको अवसरमा मंगलवार निशानले प्रेमिका ऋचा न्यौपानेसँग जिल्ला अदालत काभ्रेमा कानूनी विवाह गरेका हुन्।

दुई वर्षदेखि प्रेम सम्बन्धमा रहेका निशान र ऋचाको नेपाल बार एशोसियसनका पूर्वअध्यक्ष एवं सर्वोच्च अदालतका अधिवक्ता रमेश हुमागाईंको रोहवरमा दर्ता विवाह भएको हो।

ऋचा मोडल हुन्। पछिल्लो समय के माया लाग्छ र गीतको टिकटिक भिडियोमा निशान र ऋचा सँगै देखिएका थिए।

ऋचाले ‘लाहुर जाने रेल’ बोलको गीतमा निशानसँग अभिनय गरेकी थिइन्।

(ल हब नेपालमा प्रकाशित सामग्रीहरू पढ्न हाम्रो फेसबुक पेज यहाँ क्लिक गरि लाइक गर्नुहोस् ।

कानूनी या कुनै पनि सान्दर्भिक विषयवस्तुमा लेख रचना वा विचार प्रकाशित गर्न चाहानुहुन्छ भने [email protected] मा प्रेषित गर्नुहोस् ।)

तपाईंको प्रतिक्रिया व्यक्त गर्नुहोस् ।

विचार