अधिवक्ता तहको अनलाइन कक्षा सञ्चालन, एलएलएम गोल्डमेडलिस्ट सुप्रिया रानाभाटले कक्षा लिने

Law Hub Nepal वैशाख ११, २०७७

काठमाडौं । नेपाल विद्यार्थी संघ, नेपाल ल क्याम्पस तदर्थ इकाई समितिले २८ औं अधिवक्ता तहको परीक्षा केन्द्रित अनलाइन कक्षा सञ्चालन गर्ने भएको छ ।

लकडाउनका कारण स्थगित भएको नेपाल कानुन व्यवसायी परिषदद्वारा सञ्चालन हुनेे उक्त परीक्षालाई मध्यनजर गर्दै निशुल्क अनलाइन तयारी कक्षा सञ्चालन हुने भएको हो ।

उक्त अनलाइन कक्षा बैशाख १२ गते दिनको १२:३० बजे नेपाल विद्यार्थी संघ, नेपाल ल क्याम्पसको आधिकारिक फेसबुक पेजबाट प्रत्यक्ष प्रसारण हुने बताइएको छ ।

एल. एल. एम. वर्ष २०७५ कि स्वर्ण पदक विजेता अधिवक्ता सुप्रिया रानाभाटले  निशुल्क अनलाइन कक्षा लिने छिन्, जसको लाइभ प्रशारण हुने छ ।

अनलाइन कक्षाबाट अधिवक्ता लाइसेन्सको तयारीमा रहेका विद्यार्थीले लाभ लिने ने. वि.संघ. नेपाल ल क्याम्पसले विश्वास व्यक्त गरेको छ ।

कोभिड १९ नामक महारारीका कारण भएको लकडाउनले विद्यार्थीहरुको नियमित पठनपाठनमा परेको प्रतिकुल असरप्रति आफ्नो संगठनको  गम्भीर ध्यानाकर्षण भएकाले अनलाइन कक्षा सुरू गरेेेको ने.वि.सघं नेपाल ल क्याम्पसका अध्यक्ष सुरज सेजुवालले बताए ।

‘जुनसुकै परिस्थितिमा पनि अध्ययनलाई निरन्तरता दिन पाउनु विद्यार्थीको पहिलो अधिकार हो र आम विद्यार्थीहरुको उक्त आधारभूत अधिकारलाई जीवन्त राख्न हरदम पहल गर्नु हाम्रो  संगठनको प्रथम कर्तव्य हो’ सेजुवालले भने,-‘ यही कुरालाई ध्यानमा राखी अनलाईन अध्ययन/अध्यापन सुरु गरिएको हो ।’

यस्तै , संगठनले यो भन्दा पहिला भारतको साउथ एसियन युनिभर्सिटीमा एल.एल.एम अध्ययनरत अधिवक्ता प्रकृति मल्लमार्फत २८ औँ अधिवक्ता तहको लाईसेन्स परीक्षाका लागि अनलाइन कक्षा  संचालन गराईसकेको नेता मनोज सिहंले जानकारी दिए ।

विस्तृत जानकारी :

तपाईंको प्रतिक्रिया व्यक्त गर्नुहोस् ।

विचार