‘इनफ इज इनफ’को चक्करमा लाखौं – करोडौं जनताको ज्यान जोखिममा नपारौं

Law Hub Nepal जेठ ३१, २०७७
  • सन्ध्या पौडेल ।

लाग्छ, हामी नेपालीहरु भेडा हौं भन्ने कुरा हामी आफैले सहि बनाइरहेका त छैनौं ? ‘युवा अब चुप लागिंदैन’ भन्नेहरु, कँहा गयो तिमीहरुको ‘सोसल डिस्टेन्सिङ’ गरौं भन्ने स्ट्याटस् ?

सरकारको खातामा गएको अरबौ पैंसाको खोजी पहिले किन भएन ? मेरा प्यारा देशप्रेमी साथीहरु लिपुलेख, कालापानी हाम्रै हो भनेर पहिले किन उर्लेनन् ?

ल मानें सरकार गलत छ, तर अहिले जे तिमीले गरिराछौ, के त्यो सहि छ ?

अमेरिका, इटाली जस्ता देशले कोरोनाको अगाडि हार मानिराको बेला के यसरी ओर्लेर कोरोनाको जोखिम बढाउन आवश्यक छ ? कि हामी वीर गोर्खालीलाई कोरोना लाग्दैन ?

पिसिआरको नाममा संक्रमण बढाउनको साट्टो जाऊँ हिंड बरु ग्रुप बनाएर गरिब दुखिहरुलाई राहत बाँड्न, सहयोग गर्न । म पनि सहभागि हुन्छु, तर यसरी पिसिआर बढाऊ भन्दै कोरोनाको संक्रमण नफैलाइदिनुस् र ‘इनफ इज इनफ’ को चक्करमा लाखौं, करोडौं जनताको ज्यान जोखिममा नपारिदिनुस् ।

भोलि यही भिडबाट फैलेको कोरोनाको दोष आखिर कस्लाइ दिने ?

मुखले मात्र सोसल डिस्टेन्सिङ हैन, व्यवहारमा पनि लागू गरि दिनु होस् ।

हजुर ‘सो कल्ड युथ’लाई बाँच्न मन नभए पनि हामीलाई त छ नि । सरकारको बिरोध गरौं, तर यस्तो महामारीको बेला लाखौं जनताको ज्यान जोखिममा पारेर हैन ।

यदि सरकार गलत छ भने, के हजुरहरुले सहि गर्नु भएको छ ? यो सबको के यो उचित समय हो ?

मैले यसो भन्दै गर्दा म कुनै पार्टीको समर्थक भएर भनेको होइन । आफूलाई चित्त नबुझेको कुरा भनेकी हुँ ।

पौडेल पृथ्वीनारायण क्याम्पस पोखरामा बिएएलबि पाँचौ सेमेस्टरमा अध्ययनरत् छिन् ।

(ल हब नेपालमा प्रकाशित सामग्रीहरू पढ्न यहाँ क्लिक गरी हाम्रो पेेज लाइक गर्नुहोस् ।)

तपाईंको प्रतिक्रिया व्यक्त गर्नुहोस् ।

विचार