त्रिविमा विभिन्न समूहले लगाएको ताला खोल्न अदालतको आदेश

Law Hub Nepal श्रावण १८, २०७७

काठमाडौं । त्रिभुवन विश्वविद्यालयमा विभिन्न समूहले लगाएको ताला खोल्न उच्च अदालत पाटनले आदेश दिएको छ ।

दुई साताअघिदेखि त्रिवि पदाधिकारी कार्यकक्षमा लगाएको ताला खोल्न माग गर्दै त्रिविका कर्मचारीले हालेको रिटको सुनुवाई गर्दै अदालतले यस्तो आदेश दिएको हो ।

न्यायाधीश राम बहादुर थापाको एकल इजलासले उक्त आदेश दिएको हो । गत साउन ५ गते देखि त्रिविको कार्यकक्षमा प्राध्यापक संघ र नेपाल विद्यार्थीसंघले ताला लगाएका थिए ।

त्रिविले वार्ताको लागि सार्वजनिक आव्हान गरेपनि असन्तुष्ट समूहले वार्तामा आउन अस्वीकार गर्दै आएका थिए ।

(ल हब नेपालमा प्रकाशित सामग्रीहरू पढ्न हाम्रो फेसबुक पेज यहाँ क्लिक गरि लाइक गर्नुहोस् ।

कानूनी या कुनै पनि सान्दर्भिक विषयवस्तुमा लेख रचना वा विचार प्रकाशित गर्न चाहानुहुन्छ भने [email protected] मा प्रेषित गर्नुहोस् ।)

तपाईंको प्रतिक्रिया व्यक्त गर्नुहोस् ।

विचार