संसद बैठक बैठक २३ गतेसम्म स्थगित

Law Hub Nepal चैत्र १२, २०७६

काठमाडौं । संघीय संसद् अन्तर्गत प्रतिनिधिसभाको बैठक चैत २३ गतेसम्मका लागि स्थगित भएको छ ।

चैत ६ गते दिउँसो १ बजेका लागि बोलाइएको बैठक सरकारले अघि सारेको कोरोना संक्रमण नियन्त्रण अभियान सफल बनाउन भन्दै स्थगित गरिएको थियो ।

चैत १३ गतेसम्मका बैठक स्थगित गर्ने निर्णय गरेपनि बुधबार एक सूचना जारी गर्दै चैत २३ गते आइतबारसम्म स्थगित गर्ने निर्णय भएको संघीय संसदको कार्यवाहक महासचिव गोपालनाथ योगीले जानकारी दिए ।

कोरोना भाइरसको महामारी नियन्त्रणका लागि मंगलबार बिहान ६ बजेदेखि ‘लक डाउन’ गरिएको छ ।

नोबेल कोरोना नियन्त्रण गर्न ईश्वर पोखरेलको संयोजकत्वमा बनेको उच्चस्तरीय समितिको सोमबार साँझ बसेको बैठकले पूर्ण रुपमा लक डाउन गर्ने निर्णय गरेको थियो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले सार्वजनिक र निजी क्षेत्रबाट प्रदान गरिने अत्यावश्यक बाहेकका सबै सेवा बन्दको घोषणा गरेका थिए ।

शुक्रबार राष्ट्रका नाममा सम्बोधन गर्दै चैत ९ गतेदेखि २१ गतेसम्म सार्वजनिक र निजी क्षेत्रबाट प्रदान गरिने अत्यावश्यक बाहेकका सबै सेवा बन्दको घोषणा गरेका हुन् ।

तपाईंको प्रतिक्रिया व्यक्त गर्नुहोस् ।

विचार