संसद बैठक एक साताको लागि स्थगित

Law Hub Nepal फागुन २९, २०७६

काठमाडौं । संसद बैठक एक हप्ताको लागि स्थगित गरिएको छ । सभामुख अग्नी सापकोटाले संसद बैठक एक साताका लागि स्थगित गर्ने बताएका छन्।

कोरोनाभाइरस सङ्क्रमण रोकथामका लागि पर्याप्त पहल सरकारले नगरेको भन्दै विभिन्न दलका सांसदहरूले आफ्नो धारणा राखिरहेका थिए।

सरकारले भिडभाड हुने कुनै कार्यक्रम वा भोजमा सहभागी नहुन सर्वसाधारण आग्रह गरिरहेका बेला कतिपय सांसदहरूले संसद्को बैठक पनि स्थगित गर्नुपर्ने माग गरेका थिए ।

बैठकको शून्य र विशेष समयमा बोल्दै सांसदहरूले अन्य देशहरूले कोरोनाभाइरससँग जुझ्न अपनाएको जस्तो पूर्वसतर्कता नेपालले अपनाउन नसकेको आरोप लगाएका थिए ।

सांसदहरूबाट आएकै सुझावका आधारमा संसद् बैठक स्थगित गर्ने निर्णय आफूले गरेको सभामुख सापकोटाले बताएको बीबीसी नेपाली सेवाले जनाएको छ ।

सुझावहरूलाई मनन गर्दै  विश्वव्यापी रुपमा पनि कोरोना महामारीकै रुपमा आएको हुनाले चैत ७ गतेसम्म स्थगित गरिएको सापकोटाले बताएका छन् ।

एक सातापछि अवस्था हेरेर थप निर्णय गरिने समेत उनले बताएका छन् ।

तपाईंको प्रतिक्रिया व्यक्त गर्नुहोस् ।

विचार