प्रचण्डलाई साथमा राखेर सांसदहरूसँग छलफल गर्दै ओली

Law Hub Nepal वैशाख १०, २०७७

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदेशैपिच्छे सांसदहरुलाई बालुवाटार बोलाएर छलफल गरिरहेका छन्।

उनले राजधानीमा संघीय सांसदहरुलाई प्रदेशगत आधारमा समूह–समूह बोलाई सरकारले जारी गरेको अध्यादेशका बारेमा छलफल गरिरहेको बालुवाटार निकट स्रोतले जानकारी दियो।

स्रोतका अनुसार छलफलमा नेकपामा अर्काे अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पनि सहभागी छन्।

नेकपाका सांसदहरुलाई मात्रै छलफलमा बोलाएका प्रधानमन्त्री ओलीले सूदुर पश्चिमका सांसदहरुसँग छलफल गरेपछि १ बजे राष्ट्रिय सभाका सांसदलाई बोलाइएको छ।

त्यसैगरी ४ बजे प्रदेश ५ का सांसदलाई बोलाइएको स्रोतले जनाएको छ।

स्रोतका अनुसार प्रधानमन्त्री ओलीले सरकारले भर्खरै ल्याएको अध्यादेशबारे पार्टीका सांसदहरुको धारणा बुझ्ने उद्देश्यले छलफलमा बोलाएका हुन्।

तपाईंको प्रतिक्रिया व्यक्त गर्नुहोस् ।

विचार