प्रधानमन्त्री ओलीको पुस्तक ‘भिजन टु एक्सन’ सार्वजनिक

Law Hub Nepal फागुन १०, २०७६

काठमाडौं । जन्मदिनको अवसर पारी प्रधानमन्त्री केपी शर्मा ओलीको पुस्तक सार्वजनिक भएको छ ।

आफ्नो ६९औं जन्मदिनको अवसर पारेर ओलीले ‘भिजन टु एक्सन’ सार्वजनिक गरेका हुन् ।

ओलीको पुस्तक राष्ट्रकवि माधव घिमिरे र शताब्दी पुरुष सत्यमोहन जोशीले सार्वजनिक गरे ।

प्रधानमन्त्री निवास बालुवाटारमा ओलीका ९० वर्षीय बुवाले मञ्चमा गएर पुस्तकको पाना पल्टाएपछि जन्मदिनको शुभकामना लेखिएको ब्यानर सार्वजनिक भएको थियो ।

विकास र समृद्धिबारे प्रधानमन्त्री ओलीका सम्बोधनहरु संग्रहित भएको पुस्तक २४० पृष्ठको छ ।

तपाईंको प्रतिक्रिया व्यक्त गर्नुहोस् ।

विचार