हमालको रिहाइको माग गर्दै पिएन क्याम्पसमा नेविसंघको प्रदर्शन, प्रहरीसँग झडप

Law Hub Nepal फागुन १३, २०७६

पोखरा । नेता रेशम हमालको रिहाइको माग गर्दै नेविसंघले पृथ्वीनारायण क्याम्पस पोखरामा प्रदर्शन चर्काउँदै लगेको छ । प्रदर्शनको क्रममा प्रहरीसँग झडप हुँदा दर्जन बढी विद्यार्थी घाइते भएको नेविसंघले बताएको छ ।

गत फागुन ८ गते हमाल लगायतको समूहले क्याम्पसभित्रै आफुहरूलाई कुटपिट गरेको भन्दै सोही क्याम्पसमा अध्ययनरत विराट दवाडी र विशाल पन्तले कार्वाहीको माग गर्दै प्रहरीमा जाहेरी दिएका थिए । सोही जाहेरीको आधारमा नेता हमाललाई सोमबार प्रहरीले नियन्त्रणमा लिएपछि नेविसंघ प्रदर्शनमा उत्रिएको हो ।

नेविसंघले हमालको विनासर्त रिहाइको माग गर्दै चक्काजाम लगायत चरणवद्ध आन्दोलनको घोषणा गरेको छ ।

नेविसंघले सांगठनिक झगडा भएकाले क्याम्पस प्रशासनको समन्वयमा सहमति खोजिनुपर्ने बताउँदै आएको छ । तर अनेरास्ववियूले घटना नितान्त व्यक्तिगत भएको भन्दै कानुनी रूपमा अघि बढ्नु पर्ने बताएको छ ।

तपाईंको प्रतिक्रिया व्यक्त गर्नुहोस् ।

विचार