कोरोना कहर

Law Hub Nepal भाद्र १३, २०७७
  • एल बि चन्द ।

जन्म मेरो चाईना वुहान
नाम कोरोना, कोभिड नाइन्टिन
छिट्टै हुर्की बढें हवाई यात्रा गर्दै
विश्व भ्रमण गरें आक्रमण गर्दै।

वुहानमा मैले पहिलो फायर खोलें ।
इटली र जर्मनीमा म्यासिभ फायर खोलें
लकडाउन होइन खोल्दै रंगशाला
भिडभाड र पार्टी भोज गरे
आखिर मैले डेथ फायर खोलें।

चुक्यो पेनाल्टीमा उल्टै ब्राजिल
आईसोलेसन बस्यो स्विकारी भुल
रिसर्च गर्दै बिते कति धेरै दिन
बन्दैन अझै कुनै भ्याक्सिन
ट्रम्पले पनि थेक्न सकेनन्
प्यान्डेमिक त्यो दु:खद माहोल।

मोदिले छक्का हाने ट्रम्पको ब्याटिङले
थोरै फाईदा गर्यो बरु अदुवा बेसार पानीले।
धोउ हात धेरै टाढा बस थोरै
खानपिन गर्नु सधैं तागतिलो ताजै
कियर गर्नु सबलाई ननिक्लिनु कतै
नभन्नु है रुसलाई सुई लाउँछ मलाई
कोरोना कहर नहोला कस्लाई
काममा जाने रहर नहोला कस्लाई।

सुसाईड गर्न ह्याङ्गरमा झुन्डिएको प्लेन
रोजगारी गुम्दै गयो बेरोजगारी शहरमा
भोकमरीले बढायो अपराधी कर्ममा
फर्कायो सबलाई प्राकृतिक धर्ममा।

यो युगमा सबै बैज्ञानिक तर्सिए
यो युगमा सबै धनी तर्सिए
कोरोना कहरले सबै हच्किए
पालन गरी नियम सबै घर फर्किए।

यस कविताका रचयिता चन्द मनोविमर्शकर्ता हुन् ।

तपाईंको प्रतिक्रिया व्यक्त गर्नुहोस् ।

विचार