कविता : तिमी र म

Law Hub Nepal पौष ७, २०७७
  • रामकुमार श्रेष्ठ ।

तिमी हारको पछाडी संसार देख्दैछौ
म संसारको सफलता खोज्दैछु,

तिमी बोक्सी भनि जिउदै जलाको कुरा गर्छौ
म त्यस्को लागि कानून खोज्दैछु,

तिमी भोका जनता र नेताको कार हेर्दैछौ
म राजनीतिको अर्थ खोज्दैछु,

आफ्ना पनि पराई जस्तो लागिसकेछ तिम्लाई
म परिवर्तनको बाटो खोज्दैछु,

देशै बेचिने कुरा गर्छौ तिमी,
खोला नालाको सम्झौता देखेर
म त्यस्तो सम्झौता रोक्ने कानून खोज्दैछु,

देश डुब्नै लागिसक्यो भनि चिच्याउँदै छौ तिमी
म हामीहरुकै हातमा देशको भविष्य देख्दैछु ।

(श्रेष्ठ जनमैत्री बहुमुखी क्याम्पस कुलेश्वर काठमाडौंमा बीएसडब्ल्यू अध्ययनरत छन् ।)

(ल हब नेपालमा प्रकाशित सामग्रीहरू पढ्न हाम्रो फेसबुक पेज यहाँ क्लिक गरि लाइक गर्नुहोस् ।

कानूनी या कुनै पनि सान्दर्भिक विषयवस्तुमा लेख रचना वा विचार प्रकाशित गर्न चाहानुहुन्छ भने [email protected] मा प्रेषित गर्नुहोस् ।)

तपाईंको प्रतिक्रिया व्यक्त गर्नुहोस् ।

विचार