कविता : प्रिय तिमी

Law Hub Nepal असार ४, २०७७
  • अनिश कुमार तिवारी ।

तिमीले न मलाई चिन्यौ,
न चिन्ने कोसिस गर्‍यौ,
त कसरी मलाई चिन्न सक्छौ ?

तिमीले न मलाई बुझ्यौ,
न बुझ्ने कोसिस गर्‍यौ
त कसरी मलाई बुझ्न सक्छौ ?

तिमीले न मेरो मनको कुरा सुन्यौ,
न सुन्ने कोसिस गर्‍यौ
त कसरी मेरो मनको कुरा भन्न सक्छौ ?

तिमीले न समस्या देख्यौ,
न हल गर्ने कोसिस गर्‍यौ
त कसरी मेरा दर्द बुझि सहयोग गर्न सक्छौ ?

मैले तिमीलाई आफ्नो बनाउन सकेन त
कसरी म तिम्रो बन्न सक्छु ?
तिमी मेरो खुसीमा रमाउन प्रयास गर्दैनौ त
कसरी मेरो खुसी खोज्छौ ?

हे प्रिय, पहिला तिमी मलाई बुझ, चिन
अनि मलाई स्वीकार गर ।
आँखाको प्यास मेटाउन तिमीलाई भेट्नै पर्छ भन्ने छैन
तिमीलाई सम्झिदिए मात्र पुग्छ ।

तिमी मेरो नहुने भए, नहोउ तर
एकपटक तिमी आफ्नो आँखाले हैन
मेरा मनको आँखाले हेर ।
हे प्रिय, तिमी म भित्र मसंगै छौ र सदा हुनेछौ ।

तिमी मेरो हुन नसके पनि
टाढिने छैनौ मेरा मन मस्तिष्कबाट
सधै मेरा शरीरमा धड्किने छौ
प्राण बनी मेरो धड्कनबाट ।

म तिमीलाई आफ्नो बनाउन नसके पनि
एक्लो हुनेछैन तिमी बिना म
पाइरहने छु तिमीलाई आफूभित्र म ।

बसन्तपुर-२, पर्साका तिवारी पृथ्वीनारायण क्याम्पस पोखरामा अध्ययनरत छन् ।

तपाईंको प्रतिक्रिया व्यक्त गर्नुहोस् ।

विचार