र्‍यापिड टेस्ट गर्दा पोखरामा पनि भेटियो कोरोना पोजिटिभ

Law Hub Nepal वैशाख ३, २०७७

पोखरा । पोखरामा एक ५५ वर्षीया महिलामा र्‍यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) विधिबाट कोरोना भाइरस संक्रमण परीक्षण गर्दा पोजेटिभ नतिजा आएको छ ।

पोखरा महानगरपालिका-१२, ढिकालेथरकी ती महिलाको प्रयोगशाला परीक्षणका लागि स्वाब संकलन गरी पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशाला पठाइएको छ ।

पोजिटिभ देखिएकी महिला २७ दिनअघि मात्रै दुबईबाट फर्किएको बताइएको छ । टेस्टमा पोजिटिभ देखिएपछि रिटेस्टका लागि स्वाब कलेक्सन गरेर पठाइएको छ । प्रयोगशाला परीक्षणको नतिजा बिहीबार आउने छ ।

पोखरा महानगरपालिकाको १० र १२ वडाका ३४ जनाको नमुना आरडीटी विधिबाट परीक्षण गर्दा ती महिलाको नतिजा पोजेटिभ देखिएको बताइएको छ ।

तपाईंको प्रतिक्रिया व्यक्त गर्नुहोस् ।

विचार