भारतका पूर्व राष्ट्रपति प्रणव मुखर्जीको निधन

Law Hub Nepal भाद्र १५, २०७७

दिल्ली । भारतका पूर्व राष्ट्रपति प्रणव मुखर्जीको ८४ वर्षको उमेरमा निधन भएको छ।

मुखर्जीका छोरा अभिजितले आफ्ना पिताको निधन भएको जानकारी दिएका हुन्।

‘गह्रौ मुटुका साथ यहाँहरुलाई जानकारी गराउनुपरेको छ कि हामी र आरआर हस्पिटलका डाक्टरहरुको सबै प्रयास र भारतभरका जनताको आर्शिवाद र प्रार्थनाका बाबजुद पनि मेरा पिता श्री प्रणव मुखर्जीको भर्खरै निधन भएको छ। यहाँहरु सबैलाई धन्यवाद,’ ट्विटमा अभिजितले लेखेका छन्।

पछिल्लो समय मुखर्जी कोममा गएका थिए। उनलाई भेन्टिलेटरमा राखिएको थियो।

दिल्लीस्थित सेनाको अस्पतालमा उपचार गराइएका मुखर्जीको अवस्था झनै खराब बनेको सोमबार मात्र उक्त अस्पतालले जनाएको थियो।

(ल हब नेपालमा प्रकाशित सामग्रीहरू पढ्न हाम्रो फेसबुक पेज यहाँ क्लिक गरि लाइक गर्नुहोस् ।

कानूनी या कुनै पनि सान्दर्भिक विषयवस्तुमा लेख रचना वा विचार प्रकाशित गर्न चाहानुहुन्छ भने [email protected] मा प्रेषित गर्नुहोस् ।)

तपाईंको प्रतिक्रिया व्यक्त गर्नुहोस् ।

विचार