यमुनादेवी चौधरीसमेत विरूद्ध चन्द्रकान्त मण्डलसमेत

Law Hub Nepal माघ १७, २०७६

यमुनादेवी चौधरीसमेत विरूद्ध. चन्द्रकान्त मण्डलसमेत ने.का.प.२०६६ अंक १२, पृ.२०२७, नि.नं ८२८४

प्रतिपादित सिद्धान्त तथा ब्याख्याहरुकाे सारसंक्षेप:

  • तारिखमा आउनुपर्ने व्यक्ति किरिया बसेको कारणले तारिखमा आउन सकेन भने त्यस्तो अवस्थाबाट फुर्सद पाएको मितिले १५ दिन भित्र अदालत समक्ष आएर तारिख थमाउन निवेदन दिएमा अड्डाले इन्कार गर्न नमिल्ने ।
  • म्याद तारिख थामी दिने विषय मुद्दाका पक्षलाई पर्न गएको समस्यालाई निराकरण गर्नको लागि गरेको व्यवस्था स्पष्ट रुपमा दुरुपयोग गरेको भन्ने देखिएमा बाहेक सामान्यतया यो व्यवस्थाको लाभ सम्बन्धित पक्षलाई दिने कुरामा अनावश्यक झन्झट गर्न नमिल्ने ।
  • कुनै प्राविधिक समस्या उठाई न्याय पाउने हरेक व्यक्तिको सारभूत बिषयबाट नै पक्षलाई विमुख पार्ने न्यायिक प्रक्रिया र प्रणालीको उद्देश्य पनि होइन ।
  •  न्यायमा जनताको सहज पहुँच र त्यसको अनुभूति पक्षले नगरेसम्म अदालतबाट दिएको इन्साफले कुनै अर्थ राख्दैन ।
  • पक्षले कसरी न्याय पाउन सक्छ, त्यस्तोमा सानातिना प्राविधिक कुराहरुले के कति मात्रामा बाधा-अवरोध खडा गर्ने गरेको छ, सो सम्बन्धमा आवश्यक अनुसन्धान गरी त्यस्ता प्रकारका समस्याको निराकरणतर्फ न्यायपालिकाले आफुलाई अग्रसर गराउनै पर्दछ, अन्यथा न्यायपालिकाप्रतिको जनआस्थामा अभिबृद्धि हुन्छ भन्न नसकिने ।

तपाईंको प्रतिक्रिया व्यक्त गर्नुहोस् ।

विचार