प्रदेश नं ५ सरकारद्वारा अत्याधुनिक ब्लुटुथ कन्ट्याक्ट ट्रेसिङ एप सार्वजनिक 

Law Hub Nepal वैशाख ९, २०७७

काठमाडौं । कोरोनाभाइरस (कोभिड–१९) को संक्रमण नियन्त्रणका लागि प्रदेश ५ सरकारले ट्रेसिङ एप्लिकेसन लञ्च गरेको छ ।

संक्रमितहरुको गतिविधिको र उनीहरुको सम्पर्कमा आएका व्यक्तिको विवरण पत्ता लगाउन उक्त एप सञ्चालनमा ल्याएको हो । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले मंगलबार उक्त एप सार्वजनिक गरेको हो ।

मोबाइलको ब्लुटुथमा आधारित उक्त एप्लिेकेसनले अनलाइन र अफलाइन दुवै अवस्थामा व्यक्तिको कन्ट्याक ट्रेसिङ गर्नसक्ने कार्यालयले जनाएको छ ।

दक्षिण कोरिया, सिंगापुर लागयत देशले यो प्रविधिमार्फत् ट्रेसिङ गरिरहेको भन्दै यो एपबाट संकलित सूचनाहरु कोरोना नियन्त्रण र व्यवस्थापनका लागि मात्र प्रयोग हुने अन्य अवस्थामा गोप्य र सुरक्षित हुने समेत मुख्यमन्त्री कार्यालयले विश्वास दिलाएको छ ।

यो एप्लिकेसन चलाउन सबैभन्दा पहिले एप्लिकेसन डाउनलोड गरी जीपीएस लोकेसन र संक्षिप्त विवरण पेश गरेर लगइन गर्नुपर्छ । तर निरन्तर ट्रेसिङका लागि प्रयोगकर्ताले मोबाइलको ब्लुटुथ भने सँधैं अन गरिराख्नुपर्छ ।

यो प्रविधिमार्फत् दुई वा सोभन्दा बढी प्रयोगकर्ता नजिक आउनेवित्तिकै यो जानकारी एपले एकबाट अर्को एक्लिकेसनमा त्यस्तो सूचनाको आदानप्रदान गर्ने गर्छ ।

यदि कुनै व्यक्तिलाई कोरोनाभाइरस संक्रमण पोजेटिभ देखिएमा र्यापिङ कन्ट्याक ट्रेसिङ वा सेकेन्ड डिग्री कन्ट्याक ट्रेसिङ गरेर त्यस्तो व्यक्तिको सम्पर्कमा आएका व्यक्तिहरुको विवरण लिन सकिने जनाइएको छ ।

तपाईंको प्रतिक्रिया व्यक्त गर्नुहोस् ।

विचार